News Portal

काठमाडौंलाई पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा

हिमाली संचार संवाददाता
४६८ पटक

काठमाडौं – मुलुकको राजधानी सहर काठमाडौंलाई पनि खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।  जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति, काठमाडौंले मंगलबार एक कार्यक्रमको आयोजना गरी काठमाडौंलाई पनि खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । ‘स्मार्ट सिटी’ बनाउने चर्चा कमाएको काठमाडौंलाई ढिला गरी खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्नुलाई लज्जाबोधको रुपमा हेरिएको छ ।

काठमाडौं उपत्यकाभित्र रहेको भक्तपुरलाई २०७० साल कार्तिकमा र ललितपुरलाई २०७५ साल जेठमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । नेपालको पहिलो खुल्ला दिसामुक्त जिल्ला कास्कीलाई घोषणा गरिएको थियो ।

यही असोज १३ गते सरकारले नेपाललाई नै खुल्ला दिसामुक्त देश घोषणा गर्ने तयारी गरेको छ । सरकारले सबै जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्न शौचालय निर्माणका लागि मात्रै ७ खर्ब १५ अर्ब २३ करोड बजेट खर्च भइसकेको पनि सार्वजनिक गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...