News Portal

इजरायल र नेपालबीच सुमधुर सम्बन्ध : उपप्रधानमन्त्री यादव

हिमाली संचार संवाददाता
५२१ पटक

३० भदौ २०७६,काठमाडौं : उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले नेपाल र इजरायलबीच अत्यन्त सुमधुर सम्बन्ध रहेको बताएका छन।

इजरायलको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा सोमबार यहाँ आयोजित कार्यक्रममा उनले नेपालको कृषि, शिक्षा, स्वास्थ्य र संस्कृतिको क्षेत्रमा इजरायलले गरेको सहयोगको सराहना गरे।

उपप्रधानमन्त्री यादवले कठिन अवस्थामा पनि इजरायलले नेपाललाई नजिकको मित्र ठानेर सक्दो सहयोग गरेकामा आभार प्रकट गर्दै सरकारीस्तर मात्र नभई जनस्तरमा पनि नेपाल र इजरायलबीच घनिष्ठ सम्बन्ध रहेको बताए।

नेपालका लागि इजरायलका राजदूत वेनी ओमेरले हरेक वर्ष ५०० नेपाली किसान ११ महीनाका लागि इजरायल जाने गरेको र त्यहाँबाट आधुनिक कृषि प्रविधि सिकेर नेपालमा त्यसको उपयोग गर्दै आएको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...