News Portal

फरक स्वाद दिने मैथिली गीतको म्युजिक भिडियो

हिमाली संचार संवाददाता
५२२ पटक

३० भदौ २०७६, ईटहरी : मैथिली गायक जागेश ठाकुरको स्वरमा रहेको “तारा जका जे चम्के” बोलको गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ।

शनिवार पुर्वको धरानमा अवस्थित रमणिय पर्यटन स्थल, चतरा र ईटहरिमा सम्पन्न भएको हो। रोमान्टिक र हिन्दी फ्लेबरमा रहेको सो गीतको म्युजिक भिडियोमा सन्चारकर्मी तथा मोडल बीरेन्द्रकुमार साह र मेलि बस्नेत फ़िचर्ड रहेका छन्। म्युजिक भिडियोमा एक अर्का सगको प्रेम सम्बन्ध र रोमान्सलाई देखाईएको छ।

परिकला मिडिया प्रालि (डिथ्री अनलाईन) ले निर्माण गरेको सो म्युजिक भिडियोलाई ईटहरिका रंग मिडियाकर्मी तथा निर्देशक सुवास संकल्पले निर्देशन गरेका हुन।

गायक ठाकुरकै सब्द तथा संगीत रहेको गीतको भिडियोमा प्रस्तुत कलाकारलाई रिता श्रेष्ठले मेकअप (शृंगार) गरेकी छन्। नेपालको दोस्रो भाषाको रुपमा रहेको मैथिली भाषाको म्युजिक भिडियोले नेपाल र भारतमा समेत दर्शकहरुको मन जित्न सफल भैरहेको छ।

यहि परिप्रेक्षमा मैथिली भाषाको गीतमा पनि फरक स्वाद र शैली भित्रन थाले संगै यो भिडियोलाई पनि सार्बजनिक भैरहेका मैथिली गीत तथा भिडियो भन्दा केहि हदसम्म फरक बनाउने कोसिश गरेको भिडियो निर्देशक संकल्पले बताए।

गीत फरक स्वादको भएसंगै भिडियोलाई पनि फरक नै बनाउने प्रयास भएको हुनाले यो भिडियोलाई सबै दर्शकहरुले मन पराउनेमा भिडियोका दुवै कलाकार बिस्वस्त रहेको बताउछन। भिडियो दशैमा रिलिज गरिने बताईएको छ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...