News Portal

फरक स्वाद दिने मैथिली गीतको म्युजिक भिडियो

हिमाली संचार संवाददाता
५४९ पटक

३० भदौ २०७६, ईटहरी : मैथिली गायक जागेश ठाकुरको स्वरमा रहेको “तारा जका जे चम्के” बोलको गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ।

शनिवार पुर्वको धरानमा अवस्थित रमणिय पर्यटन स्थल, चतरा र ईटहरिमा सम्पन्न भएको हो। रोमान्टिक र हिन्दी फ्लेबरमा रहेको सो गीतको म्युजिक भिडियोमा सन्चारकर्मी तथा मोडल बीरेन्द्रकुमार साह र मेलि बस्नेत फ़िचर्ड रहेका छन्। म्युजिक भिडियोमा एक अर्का सगको प्रेम सम्बन्ध र रोमान्सलाई देखाईएको छ।

परिकला मिडिया प्रालि (डिथ्री अनलाईन) ले निर्माण गरेको सो म्युजिक भिडियोलाई ईटहरिका रंग मिडियाकर्मी तथा निर्देशक सुवास संकल्पले निर्देशन गरेका हुन।

गायक ठाकुरकै सब्द तथा संगीत रहेको गीतको भिडियोमा प्रस्तुत कलाकारलाई रिता श्रेष्ठले मेकअप (शृंगार) गरेकी छन्। नेपालको दोस्रो भाषाको रुपमा रहेको मैथिली भाषाको म्युजिक भिडियोले नेपाल र भारतमा समेत दर्शकहरुको मन जित्न सफल भैरहेको छ।

यहि परिप्रेक्षमा मैथिली भाषाको गीतमा पनि फरक स्वाद र शैली भित्रन थाले संगै यो भिडियोलाई पनि सार्बजनिक भैरहेका मैथिली गीत तथा भिडियो भन्दा केहि हदसम्म फरक बनाउने कोसिश गरेको भिडियो निर्देशक संकल्पले बताए।

गीत फरक स्वादको भएसंगै भिडियोलाई पनि फरक नै बनाउने प्रयास भएको हुनाले यो भिडियोलाई सबै दर्शकहरुले मन पराउनेमा भिडियोका दुवै कलाकार बिस्वस्त रहेको बताउछन। भिडियो दशैमा रिलिज गरिने बताईएको छ।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...