News Portal

  • कति कर्मचारीले पिआर लिएका छन त ?

    हिमाली संचार संवाददाता
    ४२० पटक

    ३० भदौ २०७६,काठमाडौं : सरकारी सेवामा रहेका निजामति कर्मचारीले विदेशको स्थायी बसोबास अनुमति अर्थात डीभी वा पीआर लिन नपाउने कानून कार्यान्वयनमा ल्यायो। हालसम्म ७३ जनाले डिभी/पीआर वा ग्रिन कार्ड लिएको सरकारी तथ्यांक छ। त्यसमध्ये ३४ जनाले विदेशको स्थायी बसोबास अनुमति त्यागेका छन्।

    निजामति सेवा ऐन २०४९ को दफा ४९ को ‘ख’ले निजामति कर्मचारीले स्थायी आवासीय अनुमति लिन नहुने भनेको छ। तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले यही दफालाई आधार मानेर निजामति कर्मचारीलाई विदेशको स्थायी आवासीय अनुमतिमा रोक लगाए।

    त्यसयता तीन वर्षको अवधिमा ७३ जना निजामति कर्मचारीले डिभी/पीआर तथा ग्रीन कार्ड लिएको सरकारी तथ्यांक छ तर, तथ्यांकभन्दा बाहेक धेरै कर्मचारीसँग स्थायी आवासीय अनुमति रहेको कर्मचारीहरु नै स्वीकार गर्छन्।

    कर्मचारीकै कारण डीपी/पीआरमा कडाईं हुन नसकेको उनीहरुको तर्क छ। सरकारी तथ्यांकलाई मात्र आधार मान्ने हो भने ३४ जनाले स्थायी आवासीय अनुमति त्यागेका छन्।

    हालै, सरकारले तयार पारेको संघीय निजामति सेवा सम्बन्धि विधेयकको दफा ८६ को १ ले पनि निजामती कर्मचारीले अन्य मुलुकको स्थायी आवासीय अनुमती लिन रोक लगाएको छ।

    अहिलेसम्म विदेशी स्थायी बसोबासको अनुमतीपत्र डीभी वा पीआर लिएर नेपालमा कति कर्मचारी काम गरिरहेका छन भन्ने बारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बेखवर जस्तै देखिएको छ। अझ उपल्लो स्तरका धेरै कर्मचारीसँग डीभी पीआर रहेको स्रोतको दाबी छ।

    कर्मचारीहरुले नै डीभी/पीआर लिन नहुने प्रावधानको भित्रिरुपमा विरोध गर्दै आएका छन्। धेरै जसो निवृत्त कर्मचारी डीभी/पीआर लिएर अमेरिका/अष्ट्रेलिया जस्ता देशमा बस्ने र यताको पेन्सन पनि नियमित थाप्ने गरेका छन्।

    उच्च पदस्थ कर्मचारी लगायत तत्कालिन सचिव महेश्वर न्यौपानेसँग पीआर रहेको थाहा पाएपछि मन्त्रालयले त्यस्ता कर्मचारीलाई निरुत्साहित गर्ने नीति अख्तियार गरेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...