News Portal

  • आज २०७६ साल भदौ २९ गते, सन् २०१९ सेप्टेम्बर १५ तारीख आइतबार

    हिमाली संचार संवाददाता
    ४८६ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – Aries

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नुपर्नेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ।

    बृष – Taurus

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ। परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ।

    मिथुन – Gemini

    का, कि, कु, घ, ङ, छ, के, को, ह
    कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काम प्रारम्भ हुनेछ। आँटेका काममा वरिष्ठ व्यक्तिको सहयोग प्राप्त हुनेछ। कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक क्षेत्रमा विशेष जिम्मेवारी प्राप्त हुन सक्छ। व्यापारमा लाग्नेहरूलाई राम्रै फाइदा हुनेछ। सोख र भोग–विलासमा मन जाने हुँदा फजुल खर्च भने बढ्न सक्छ।

    कर्कट – Cancer

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ र मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

    सिंह – Leo

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला।

    कन्या – Virgo

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ।

    तुला – Libra

    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    सोखले खर्च बढाए पनि भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउनेछ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

    बृश्चिक – Scorpio

    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृत्ति, सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले उत्साह जगाउनेछ।

    धनु – Sagittarius

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    व्यावसायिक काममा चुनौती देखिए पनि घरमा लक्ष्मी भित्र्याउने समय छ। मेहनत गर्दा दिगो फाइदा हुनेछ। साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।

    मकर – Capricorn

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष उपहार प्राप्त गर्ने समय छ। तर पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि लाभ उठाउन सफल भइनेछ।

    कुम्भ – Aquarius

    गु, गे, गो, सा, सि, सु, से, सो, द
    अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ।

    मीन – Pisces

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

    प्रतिकृया दिनुहोस्

    इलाम-२ उपनिर्वाचन ताजा मतगणनाको मतपरिणाम सार्वजनिक एमालेले लियो अग्रता

    बैशाख -१६, आइतबार/इलाम – इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २,...

    मटिहानीका अग्नि पीडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सहयोग

    बैशाख-१५, आइतबार/मोरङ – महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं ६, जलहरवामा ६ गते भएको आगलागीबाट...

    नियमित मर्निङ वाकले मोटोपना, हृदयरोग जस्ता रोगबाट बचाउँछ

    काठमाडौं। बिहानको ताजा हावामा हिँड्नु भएको छ ? बिहानै उठ्न सबैलाई कष्टकर लाग्छ तर बिहानको...

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal