News Portal

टर्कीका पूर्वप्रधानमन्त्रीले गरे नयाँ पार्टी खोल्ने घोषणा

हिमाली संचार संवाददाता
६७३ पटक

१४ सेप्टेम्बर २०१९ : टर्कीका पूर्वप्रधानमन्त्री अहमेत डेभुतोग्लुले नयाँ पार्टी खोल्ने घोषणा शुक्रबार गर्नुभएको छ। उहाँले त्यसलाई वर्तमान चुनौतीहरू विरूद्धको नयाँ राजनीतिक आन्दोलनको संज्ञा दिनुभएको छ।

उहाँको आन्दोलन वर्तमान राष्ट्रपति तथा आफ्नै पूर्व मित्र रेसेप तैयप एर्दोगान विरुद्ध हुने देखिएको छ। राष्ट्रपति एर्दोगानविरुद्ध पछिल्ला केही महिना आफ्नै पूर्व मित्रहरू उत्रिने क्रम चलिरहेको छ।

टर्कीको सत्ताधारी दल ‘जस्टिस एण्ड डेभलपमेन्ट’ पार्टीमा राष्ट्रपति एर्दोगानले स्वतन्त्रता, न्याय र अर्थतन्त्रको लागि राम्रो भूमिका नखेलेको नेताहरूको आरोप छ।

“देशको हितका लागि हामीले ऐतिहासिक जिम्मेवारी र दायित्व बहन गर्नुपर्ने आवश्यकता सिर्जना भएकाले नयाँ अभियान चलाउन लागिएको हो,” डेभुतोग्लुले भन्नुभयो।

उहाँ यसअघि पार्टीको अध्यक्ष र विदेश मन्त्री भइसक्नुभएको थियो। त्यसपछि प्रधानमन्त्री बन्नु भएको हो। एजेन्सी 

प्रतिकृया दिनुहोस्

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...