News Portal

  • तपाईंको आजको राशिफल : वि.सं.२०७६ साल भदौ २८ गते शनिबार

    हिमाली संचार संवाददाता
    ४९५ पटक

    – सन् २०१९ सेप्टेम्बर १४ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – Aries

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। मिहिनेत गर्दा पछि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। परिस्थितिवश आफ्नो कर्मफल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ। साँझतिर यात्राको प्रक्रिया अघि बढ्न सक्छ। खर्च लागे पनि पछिका लागि लगानी गर्ने समय छ।

    बृष – Taurus

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    अरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ला। वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा विशेष जिम्मेवारी पनि प्राप्त हुनेछ। तर सोचेको उपलब्धि नहुन सक्छ। अरूका लागि उपयोग भइने सम्भावना छ।

    मिथुन – Gemini

    का, कि, कु, घ, ङ, छ, के, को, ह
    सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। प्रयत्न गर्दा नाम, दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। साँझदेखि प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुनेछ। व्यवसायले पनि उचाइको मार्ग अवलम्बन गर्नेछ।

    कर्कट – Cancer

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    अरूका लागि समय खर्चनुपर्ला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि गोपनीयतामा ध्यान पुर्याउनुहोला, साँझदेखि सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। नाम, दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुनेछ।

    सिंह – Leo

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। भौतिक सुविधाले खर्च निम्त्याउला। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। साँझतिर कामको चाप बढ्नेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। प्रयत्न गर्दा सामान्य समस्या सुल्झाउन सकिनेछ।

    कन्या – Virgo

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। साँझतिर स्थितिमा सुधार आउनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

    तुला – Libra

    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। साँझदेखि गोपनीयता बाहिरिनाले काममा समस्या आइपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ।

    बृश्चिक – Scorpio

    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। साँझदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना प्रारम्भ हुनेछन् भने पढाइलेखाइमा पनि प्रगति हुनेछ।

    धनु – Sagittarius

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनाले आँटेको काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। मिहिनेतले बिस्तारै फाइदा दिलाउनेछ। पशुधन र जमिनबाट लाभ उठाउन सकिनेछ।

    मकर – Capricorn

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    अरूको विषयमा चासो राख्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्नै वचन पूरा गर्न नसक्दा नैतिक प्रश्न देखापर्न सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। साँझदेखि पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। सिर्जनात्मक कामले प्रतिष्ठा दिनेछ। सहयोगीहरूले साथ दिनेछन् भने अहिले मिहिनेत गर्दा पछिसम्म लाभ हुने काम प्रारम्भ हुन सक्छ।

    कुम्भ – Aquarius

    गु, गे, गो, सा, सि, सु, से, सो, द
    अवसर प्राप्त भए पनि कर्तव्य पूरा गर्न नसकिएला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। तापनि मिहिनेत गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। साँझदेखि विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। नयाँ काम प्रारम्भ हुनेछ र आम्दानी बढ्नेछ।

    मीन – Pisces

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। टाढाका साथीभाइको निम्तो आउनाले यात्रा हुन सक्छ। साँझदेखि नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जनकपुर गेष्टहाउसमा युवकको हत्या गरेको आरोपमा पक्राऊ परेकी महिला सार्वजनिक

    जनकपुरधाम, साउन ५  — जनकपुरधामस्थित एसपी एण्ड गेष्टहाउसमा एक युवकको रहस्यमय हत्या भएको छ । उक्त...

    पोखरामा कोरोना संक्रमणले एक वृद्ध महिलाको मृत्यु, गण्डकी प्रदेशमा संक्रमितको संख्या बढ्दै

    पोखरा, साउन ५ –  गण्डकी प्रदेशको मुटु पोखराबाट दुःखद खबर आएको छ। यहाँको चरक अस्पतालमा...

    एनआरएनए मलेसियामा एकता अधिवेशन गर्न सहमति, ३० र ३१ अगस्टमा अधिवेशन हुने

    क्वालालम्पुर, साउन ५ — मलेसियामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता अधिवेशन यही २०२५...

    जनकपुरको होटलमा हत्या : विवाहेत्तर सम्बन्ध र पैसाको लेनदेन विवाद मुख्य कारण, युवती पक्राउ

    जनकपुरधाम, साउन ५ – महोत्तरीका एक युवाको जनकपुरस्थित होटलमा भएको रहस्यमय हत्या पछाडि विवाहबाहिरको सम्बन्ध...

    अक्टोबरमा ‘एनआरएन लगानी सम्मेलन’ गरिने

    काठमाडौँ, साउन ५ – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अक्टोबरमा काठमाडौँमा एनआरएन लगानी...