News Portal

सल्यानको बनगाडमा काङ्ग्रेसको जागरण अभियान सम्पन्न

हिमाली संचार संवाददाता
७०९ पटक

सल्यान २७ भदौ : नेपाली काङ्ग्रेस दोश्रो जनजागरण अभियान बनगाडमा पनि सम्पन्न गरेको छ। बनगाड कुपिण्डे नगरपालिका देवस्थल स्वास्थ चौकिको हलमा भएको कार्यक्रममा बोल्ने अधिकास वक्ताहरूले अब नेपाली काङ्ग्रेस एक भैसकेको र सबैलाई एक भएर लाग्न अनुरोध गरेका छन।

प्रमुख अतिथि पुर्वस्वास्थ राज्यमन्त्री तथा जनजागरण अभियानका प्रमुख खड्ग बहादुर बस्यालले नेपाली काङ्ग्रेस सधै दलित, महिला, जनजाति, अपांग, लगाएत पिछडिएको वर्गको वि पि कोइरालाको पाला देखि नेतृत्व गर्दै आएको र अब अब पनि काङ्ग्रेसले ती वर्गको नेतृत्व गर्दै पार्टीलाई अगाडि बढाउन सुझाव दिएका छन।

केन्द्रमा देउवा र पौडेल एक भैसकेकोले अब जिल्ला हुँदै स्थानीय वडामा पनि पार्टी एक भएर लाग्न आग्रह गरेका छन।

सल्यान जिल्ला सभापति गणशे चन्दले १४ औं महाधिवेशनसम्म टोल, वडा, स्थानीय तह, क्षेत्र, जिल्ला हुँदै केन्द्र सम्म पार्टी सम्पुर्ण जनवर्गीय संघसंगठन लगाएर पार्टीको संगठनका बनाउने र अनि पार्टी लाइ एक ठिक्का बनाएर लैजान आफुले जिल्ला सभापतिको तर्फबाट गर्ने तयार रहेको बताएका छ्न।

पार्टीमा गुटबन्दी गर्नु भन्दा पार्टीले दिएको जिम्मेवारी बहन गर्न सबैमा आग्रह गरेका छन। कम्युनिस्टबाट केही हुना नसक्ने र जनताका समस्या जुउको तिउ नै रहेकाले अब फेरि नेतृत्व गर्ने पालो काङ्ग्रेस आएको समेत बताएका छन।

कार्यक्रम जनजागरण अभियानका प्रमुख तथा पुर्वस्वास्थ राज्यमन्त्री खडग बहादुर बस्याल, जिल्ला सभापति गणेश चन्द, पुर्व केन्द्रिय सदस्य डिल्लीराज रेग्मी, जिल्ला समन्वय समिति सभापति केश बहादुर बिष्ट, जिल्ला उपसभापति निम बहादुर केसि, शारदा नगर प्रमुख शुरेस अधिकारी लगाएत नेताको उपस्तिथि रहेको कार्यक्रमको सभापति क्षेत्रीय सभापति गोरख खत्रीले गरेको कार्यक्रमको सन्चालन नेत्र ओलिले गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...