News Portal

रोल्पा पहिरोमा एकै परिवारका ६ जनाको शव भेटियो

हिमाली संचार संवाददाता
५०७ पटक

बुटवल – रोल्पाको थवाङ गाउँपालिका–२ साविकको थवाङ गाविस ७ छेर्लोबाङमा पहिरोले पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । शुरुमा आमाछोराको मात्र शव फेला परेको थियो । अहिले बेपत्ता भनिएका अन्य ४ जनाको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार र शुक्रबार बिहान परेको अबिरल बर्षाका कारणले छेर्लाेबाङमा पहिरोले घर पुरिँदा तीन बालबालिकासहित ६ जनाको शव निकालिएको रोल्पाका प्रहरी नायब उपरिक्षक  चित्र बहादुर गुरुङले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ छेर्लोबाङकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा अशल बुढा, श्रीकुमारीका ३८ वर्षीय जेठाजु जय बुढा, बुढाका श्रीमती र दुई छोरी रहेका छन् । बुढाकी ३६ वर्षीया श्रीमती मुल ज्योती, ९ वर्षीया छोरी देवकी र २ वर्षीया छोरी करिश्माको पनि पहिरोमा परेर मृत्यु भएको गुरुङले जानकारी दिए ।

मृत्यु हुनेहरुको सबैको शव निकालिएको छ ।

घरमाथिको शहीदमार्गको सडक भासिएर पहिरो खसेको हो । सदरमुकामबाट ७४ किलोमिटर उत्तरमा रहेको उक्त स्थानमा जिल्लाबाट उद्दारका लागि जान कठिन मानिन्छ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ५ गतेको राशिफल

आज माघ ५, २०८२ (जनवरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...