News Portal

रोल्पा पहिरोमा एकै परिवारका ६ जनाको शव भेटियो

हिमाली संचार संवाददाता
५३० पटक

बुटवल – रोल्पाको थवाङ गाउँपालिका–२ साविकको थवाङ गाविस ७ छेर्लोबाङमा पहिरोले पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । शुरुमा आमाछोराको मात्र शव फेला परेको थियो । अहिले बेपत्ता भनिएका अन्य ४ जनाको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार र शुक्रबार बिहान परेको अबिरल बर्षाका कारणले छेर्लाेबाङमा पहिरोले घर पुरिँदा तीन बालबालिकासहित ६ जनाको शव निकालिएको रोल्पाका प्रहरी नायब उपरिक्षक  चित्र बहादुर गुरुङले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ छेर्लोबाङकी २८ वर्षीया श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा अशल बुढा, श्रीकुमारीका ३८ वर्षीय जेठाजु जय बुढा, बुढाका श्रीमती र दुई छोरी रहेका छन् । बुढाकी ३६ वर्षीया श्रीमती मुल ज्योती, ९ वर्षीया छोरी देवकी र २ वर्षीया छोरी करिश्माको पनि पहिरोमा परेर मृत्यु भएको गुरुङले जानकारी दिए ।

मृत्यु हुनेहरुको सबैको शव निकालिएको छ ।

घरमाथिको शहीदमार्गको सडक भासिएर पहिरो खसेको हो । सदरमुकामबाट ७४ किलोमिटर उत्तरमा रहेको उक्त स्थानमा जिल्लाबाट उद्दारका लागि जान कठिन मानिन्छ

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...