News Portal

लोकबहादुर शाही जस्ता पो जनप्रतिनिधि !

हिमाली संचार संवाददाता
८९२ पटक

इन्द्र बुढाथोकी /२६ भदौ २०७६ : अहिले अधिकांस स्थानीय तहमा भ्रष्टाचार र अनियमितताका समाचारहरु आइरहेका छन्। अधिकांस जनप्रतिनिधिहरु जनताको करबाट आफ्ना सम्पत्ति जोडिरहेको आरोप लाग्दै आइरहेको छ।

सुविधाभोगी स्थानीय तहदेखि केन्द्रसम्म छन् तर ती मध्ये केही मनकारी जनप्रतिनिधिहरु पनि छन्। जसलाई आफ्नो सुविधा भन्दा सन्तुष्टि जनताको सेवामा मिल्छ।

ती मध्येका एक हुन सुर्खेतको सिम्ता गाउँपालिका वडा न ३ का वडा सदस्य लोक बहादुर शाही। जसले आफ्नो तलवभत्ताबाट आएको रकम सामाजिक क्षेत्रमा लगाउदै आइरहेका छ्न।

आफ्ना आमाबुवाको नाममा सम्मानमा श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय झ्याममा २५ हजारको अक्षयकोष स्थापना गरी जेहेन्दार, गरिब छात्रछात्रालाई छात्रवृति प्रदान गरेका छन्।

साथै उनले साइकल यात्री बालकृष्ण शाहीलाई ३० हजार सहयोग गरेका छन्। आफ्नो कार्यकालसम्म प्राप्त भएको तलब भत्ता सामाजिक कार्यमा नै खर्च गर्ने शाहीले बताए।

एक वर्ष अगाडि स्वर्गिय दाजु यामु शाहिको नामको मावि लाफुमा पनि अक्षयकोष स्थापना गरेका शाहीले एक वर्षको अवसरमा छात्र रमेश विक र छात्रा पवित्रा जैशीलाई शैक्षिक सामाग्रीको लागि दुई हजार प्रदान गरेका छन्।

कार्यक्रममा सिम्ता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, वडा न. ३ का वडाध्यक्ष नहकुल बुढा, झ्यामका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर सिहं लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...