News Portal

नेपालमा उत्पादित चुराेट भारतबाट बिना इस्टिकर नेपाल आउन थालेपछी..

हिमाली संचार संवाददाता
९९७ पटक

रबिन्द्र बराल
२३ भदौ, २०७६ : माेरङकाे सिमाबर्ति क्षेत्रबाट अबैध रुपमा नेपाल भित्र्याएका सामाग्री प्रहरीले बरामद गरेको छ।

भारतबाट अबैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउनेे क्रममा ईलाका प्रहरी कार्यलय रंगेलीले अाफ्नाे महात्मा रहेकाे रंगेली, चाेप्राह, कर्सिया, नाेचा, डाईनिया, सिक्टि लगायतका स्थानहरुबाट साईकलकाे प्रयोग गरेर तस्करहरुले कपडा, साडि, चिनि, चुराेटाे तथा खाद्यान्न लगायत सामाग्रीहरु नेपाल ल्याउने क्रममा प्रहरीले बरामद गरेकाे हाे।

प्रहरीले नेपालबाट भारत तर्फ लैजादै गरेकाे ८ सय लिटर घरेलु मदिरा, काेेेक, ईस्प्राइट समेत बरामद गरेको छ।

बजारकाे मुल्य अन्दाजी १ लाख ५० हजार रुपैयाँ बराबरको रहेको र साेमबार बिराटनगर स्थित भन्सार कार्यलयमा बुझाईने ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।

केहि महिना अगाडि नेपालमा उत्पादन हुने खुकुरी चुरोट समेत भारतमा उत्पादन गरेर नेपाल भित्र्याउन थालेको छ।

चुरोटका बट्टाहरुमा राजस्वकाे इस्टिकर बिनाकाे हुबहु नेपाल तर्फ ल्याएर रंगेली, दर्वेशा, कर्सिया, अमरदह, अामबाडि लगायतका स्थानहरुमा उक्त खुकुरी चुराेट बिक्रीवितरण समेत हुदै अाएकाे छ।

स्राेतका अनुसार बिराटनगर भन्सारबाट सम्पुर्ण सामाग्रीहरु भारत तर्फ लगि पुनः डिब्बामा प्याक गरेर राजस्व छलि नेपाल भित्र्याउने गरेको स्राेतकाे दावी छ।

प्रतिकृया दिनुहोस्

अन्तरिम सरकारमै बसेर चुनावी टिकट नैतिकताको गम्भीर प्रश्न

काठमाडौं — देशलाई राजनीतिक संक्रमणबाट निकास दिँदै निष्पक्ष निर्वाचन सम्पन्न गराउने उद्देश्यले गठन गरिएको अन्तरिम...

आज २०८२ साल माघ ७ गतेको राशिफल

आज माघ ७, २०८२ (जनवरी २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...