News Portal

नगरपालिकाका प्रशाशकीय अधिकृतको गाडीमा बम बिस्फोट

हिमाली संचार संवाददाता
७४४ पटक

झापा, २३ भदौ : झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृतले प्रयोग गर्दै रहेको गाडीमा बम बिस्फोट गराइएको छ।

बिस्फोटले बा. २ झ २५७० नम्मरको गौरादह नगरपालिकाको महेन्द्रा स्कोर्पियो गाडी पूर्ण क्षति पुगेको छ। आज राती करिब १२ः४५ को समयमा बिस्फोटको ठूलो आवज सुनिएको स्थानीयहरुले बताए।

गौरादह वार्ड नं ३ धोबिनियामा प्रमुख प्रशाशकीय अधिकृत सागर मिश्र डेरा गरी बस्ने घरको आँगनमा पार्किङ्ग गरि राखिएको ठाउमा सो बिस्फोट गराईएको हो।

बिस्फटले कुनै मानबीय क्षती नभएपनि घरका झ्यालका सिसाहरु फुट्नुका साथै घरको केही भागहरु चर्किएको घरधनी इन्द्र कट्वालले बताए।

मानवीय क्षती नपुगेता पनि ठूलो आवाजको कम्पनले केहीबेर बेहोस जस्तो भएको र अहिलेसम्म पनि आफ्नो कान थुनिनुका साथै मानसिक रुपमा घरका सबै सदस्यहरु बिक्षिप्त रहेको कट्वालले बताए।

अधिकृत मिश्र सुत्ने कोठाको झ्यालका सिसा फुटेर कोठा भित्र समेत क्षती पुगेको छ। झुल टाँगेर सुतेको हुनाले सिसाका टुक्राहरुले आफूलाई चोटपटक भने नलागेको मिश्रले बताए। घटनास्थललाई प्रहरीले घेराहाली अनुसन्धान गरिरहेको बताईएको छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...