News Portal

नगरपालिकाका प्रशाशकीय अधिकृतको गाडीमा बम बिस्फोट

हिमाली संचार संवाददाता
५९१ पटक

झापा, २३ भदौ : झापाको गौरादह नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृतले प्रयोग गर्दै रहेको गाडीमा बम बिस्फोट गराइएको छ।

बिस्फोटले बा. २ झ २५७० नम्मरको गौरादह नगरपालिकाको महेन्द्रा स्कोर्पियो गाडी पूर्ण क्षति पुगेको छ। आज राती करिब १२ः४५ को समयमा बिस्फोटको ठूलो आवज सुनिएको स्थानीयहरुले बताए।

गौरादह वार्ड नं ३ धोबिनियामा प्रमुख प्रशाशकीय अधिकृत सागर मिश्र डेरा गरी बस्ने घरको आँगनमा पार्किङ्ग गरि राखिएको ठाउमा सो बिस्फोट गराईएको हो।

बिस्फटले कुनै मानबीय क्षती नभएपनि घरका झ्यालका सिसाहरु फुट्नुका साथै घरको केही भागहरु चर्किएको घरधनी इन्द्र कट्वालले बताए।

मानवीय क्षती नपुगेता पनि ठूलो आवाजको कम्पनले केहीबेर बेहोस जस्तो भएको र अहिलेसम्म पनि आफ्नो कान थुनिनुका साथै मानसिक रुपमा घरका सबै सदस्यहरु बिक्षिप्त रहेको कट्वालले बताए।

अधिकृत मिश्र सुत्ने कोठाको झ्यालका सिसा फुटेर कोठा भित्र समेत क्षती पुगेको छ। झुल टाँगेर सुतेको हुनाले सिसाका टुक्राहरुले आफूलाई चोटपटक भने नलागेको मिश्रले बताए। घटनास्थललाई प्रहरीले घेराहाली अनुसन्धान गरिरहेको बताईएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...