News Portal

तपाईंको राशिफल : आज २०७६ साल भदौ २३ गते, सन् २०१९ सेप्टेम्बर ९ तारीख सोमबार

हिमाली संचार संवाददाता
७३४ पटक

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। भाग्यले साथ दिए पनि परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। तापनि विशेष जिम्मेवारी प्राप्त हुनाले रोकिएका काम सम्पादन हुनेछन्। सानो प्रयत्नले धेरैको भलाइ गर्न सकिनेछ। लगनशीलताले बिस्तारै फाइदा पनि दिलाउनेछ। मिहिनेत गर्दा सम्मानित स्थान प्राप्त हुन सक्छ।

बृष – Taurus

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। काम दोहोर्याउनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपर्नेछ।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, ह
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ। साँझतिर स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्न सक्छ। आकस्मिक खर्च पनि बढ्नेछ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
विवाद, मुद्दा आदिले अलमल्याउने हुँदा काम रोकिन सक्छ। आलस्य गर्ने बानीले केही पछि परिनेछ। तापनि चुनौती पन्छाएर काम बनाउन सकिनेछ। मिहिनेतले स्थापित बनाउन सक्छ। प्रतिस्पर्धामा आफ्नो पक्ष बलियो रहनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। साँझतिर रमाइलो भेटघाट हुनेछ। वादविवादमा अघि नसर्नुहोला।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि पहिलेका कमजोरी सच्याउन समय लाग्नेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। तापनि, चिताएका काम बिस्तारै सम्पादन हुनेछन्। गुरुजनको सहयोग र बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। साँझतिर चुनौती हट्नाले काम सम्पादन हुने देखिन्छ।

कन्या – Virgo

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला।

तुला – Libra

र, रि, रु, रे, रो, ता, ति, तु, ते
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा केही चुनौती भने देखा पर्नेछन्। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। अरूका कारण दाजुभाइमा असमझदारी बढ्न सक्छ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। प्रतिस्पर्धीले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। तर पहिलेका कमजोरी दोहोरिन सक्छन्। अध्ययनमा धेरै समय दिन नसकिएला। बोलीको प्रभाव पनि कमजोर बन्नेछ। साँझदेखि स्थितिमा सुधार आउनेछ। शुभचिन्तकहरू जुट्नाले आयस्रोत बढ्नेछन् र दिगो फाइदा हुने काममा सम्झौता हुने देखिन्छ।

धनु – Sagittarius

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

मकर – Capricorn

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् भने शुभचिन्तक तथा सहयोगीहरू कमै भेटिनेछन्। साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्न सकिनेछ। भेटघाटले उत्साह जगाउनेछ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द
आर्थिक उपलब्धि प्राप्त हुनेछ भने भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ तर खर्च गर्नुपर्ने परिस्थिति आउनाले सञ्चय भने नहुन सक्छ। साँझतिर खर्च बढ्नाले कर्जास्वरूप रकम जुटाउनुपर्ला। अरूका विषयमा चासो लिँदा झमेलामा परिनेछ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ। सामाजिक जिम्मेवारी पूरा गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। साँझतिर भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...