News Portal

रंगेलीकाे मुख्य वजारका सय बर्ष पुराना घरहरु भत्कन थाले

हिमाली संचार संवाददाता
७९० पटक

रबिन्द्र बराल
मोरङ, २१ भदौ : नेपाल सरकारले सिहदरवारकाे अधिकार स्थानीयलाई हस्तान्तरण गरेपछि पछिल्लो समयमा रंगेलीकाे बिकासमा नगरपालिकाले रंग उडेकाे रंगेलीलाई रंग भर्न सुरु गरेको छ।

रंगेली वजारकाे मुख्य हुलाकी राजमार्ग सडक बिस्तार हुने भएपछि स्थानीय खुशी भएका छन। हुलाकी राजमार्ग निर्देशनालयले सडक बिस्तारका लागि रंगेली नगरपालिकाकाे सिमाक्षेत्र भित्र रहेको संरचनाहरु हटाउन पत्राचार गरेपछि रंगेली वजार भत्कन थालेको हो।

डिभिजन सडक कार्यलय बिराटनगरले गत बर्ष नै सडक ऐन वमाेजिम सडक सिमा निर्धारण गरि बिराटनगर रंगेली उर्लाबारी क्षेत्रलाई साहयक मार्गकाे रुपमा सडक लाई फराकिलो पार्न १५-१५ मिटर र ६-६ मिटर सेड व्याक निर्माण गर्ने ताेकेपछि नगरपालिकाकाे कार्यपालिकाकाे बैठकले अाफ्नाे क्षेत्रमा पर्ने ४.९ किलोमिटर सडककाे काेल्डस्टाेर देखि मधुवनी चाेक सम्मकाे दायाँबायाँमा रहेका घरहरु भत्काउन परिपत्र समेत गरेको हुनाले अहिले घरहरु भत्कन थालेका हुन।

श्री ५ काे सरकारले २०३४ साल असार २० मा प्रकाशित राजपत्र अनुसार बिराटनगर रंगेली झापासम्मकाे सडकलाई साहायक मार्गमा वर्गीकरण गरि उक्त सडकको केन्द्र विन्दुदेखि दायाँ र बायाँबाट १५ / १५ मिटर सडक सिमा ताेकिएकाे थियो।

सडक बनाउ नहुने भन्दैै केही स्थानीयहरुले अदालत समेत मुद्दा हाल्दा अदालतले सडक निर्माण सुरु गर्ने भनि परिपत्र समेत नगरपालिकालाई पठाएपछि नगरपालिले घर टहरा हटाउन निर्देशन दिएकाे नगरपालिकाका मेयर दिलिप बगडियाले बताए।

भिडियो रिपोर्ट :

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...