News Portal

  • कुकुर मार्ने मेयरले भिडियो सार्वजनिक गर्ने बिष्टलाई धम्क्याए !

    हिमालीसंचार संवाददाता
    ८०९ पटक

    काठमाडौं – कुकुरलाई बर्वरतापूर्वक मारेर चर्चामा आएका खोटाङ् जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजाल र उनका कर्मचारीहरूले कुकुर मारेको भिडियो सार्वजनिक गर्ने बाजिन्द्र बिष्टलाई ज्यान मार्ने धम्की दिएका छन्।

    मेयर रिजालको आदेशमा नगरपालिकासंग सम्बन्धित कर्मचारीबाट पशुअधिकारको हनन् हुनेगरी अमानविय, बर्बरतापूर्ण तरिकाले कुकुर मार्ने, आक्रमण गर्ने कार्य भएको भिडियो बिष्टले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए।

    बिष्टले राखेको भिडियो सार्वजनिक भएर भाइरल भएपछि मेयर रिजालको सर्वत्र आलोचना भएको छ। बिष्टले भने ज्यान मार्ने धम्की व्यहोर्नु परेको छ।

    पशुअधिकारवादी, मानवअधिकारवादीका साथै राजनीतिककर्मीहरूले बिष्टको जीवनरक्षाको माग गरेका छ्न्। घटना सार्वजनिक भएपछि नेपाल भेटेरिनरी एसोसियसनको तर्फबाट आक्रमणमा परि घाइते भएका अन्य कुकुरहरुको उपचार शुरु भएको छ। डा.सिताराम यादब, डा.बिशाल पोखरेल, डा.सरोज चौधरीलगायतको टिमले घाइते कुकुरहरुको उपचार गरिरहेको छ।

    मेयरबिरुद्ध उजुरी !

    खोटाङको दिक्तेलमा भुस्याहा कुकुर मार्ने अभियान चलाएको भन्दै मेयरविरुद्ध उजुरी परेको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालविरुद्ध कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी परेको हो।

    केही दिन अघि उक्त नगरपालिका क्षेत्रमा निर्ममतापूर्वक कुकुर मारिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। मेयर रिजालले दिएको निर्देशनमा कुकुरलाई मार्ने अभियान चलाइएको आरोप लागेको छ।

    नेपाल भेटेरेनरी एशोसिएसनसँग आबद्ध पशु चिकित्सक सीताराम यादव र पशु प्राविधिक सुमन श्रेष्ठसहितको टोलीले प्रहरीमा उजुरी गरेको हो। खोटाङ जिल्लामा कार्यरत प्रहरी निरिक्षक आमोद खेरवारले घटनाको अनुसन्धान सुरु भएको जानकारी दिएका थिए।

    के छ भिडियोमा ?

    बाजिन्द्र बिष्टले आफ्नो फेसबुकमा राखेको एक मिनेट १० सेकेण्डको भिडियोमा एक जनाले कुकुरलाई दाम्लोले बाँधेको र अर्को एक जनाले चिरुवा दाउराले टाउकामा हिर्काएर निर्मम तरिकाले मारेको देखिन्छ।

    दृश्यमा कतिपय मरेका र कतिपय बेहोस कुकुरलाई ट्याक्टरमा हालेर भवनगैरातर्फ लैजाँदै गर्दा त्रिबेणीचोकमा सो कुकुरलाई निर्मम तरिकाले मारेको देखिन्छ। कुकुरलाई कुटेको भिडियो भाईरल भएपछि सो भिडियोलाई फेसबुकले ब्लर गरेको छ।

    हेर्नुहोस भिडियो यस्तो छ :

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...

    रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

    काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु...