News Portal

माथिल्लो तहबाट नै अनुशासन उलंघन : नेता राठौर

हिमाली संचार संवाददाता
१२१८ पटक

काठमाडौं, १८ भदौ : नेपाली कांग्रेसको जारी केन्द्रिय कार्य समितिको बैठकमा केन्द्रिय सदस्य किशोर सिंह राठौरले नेपाली कांग्रेस पार्टीका केन्द्रिय नेताहरूबाटै अनुशासन उलंघन गर्ने काम भएको बताएका छन।

मंगलबार पार्टी मुख्यालय सानेपामा बसेको बैठकमा नेता राठौरले हामी खुलेआम सभापतिलाई गाली गर्दै हिड्छौ अनि पार्टी भित्र अनुशासन भएन भनेर भन्छौ यो कस्तो बिडम्वना हो भनेर प्रश्न पनि गरेका छन। केन्द्रिय सदस्य राठौरले बिद्रोह गरेर उम्मेदवार बनेका सबैलाई कार्वाही गर्नुपर्ने पनि जिकिर गरेका छन।

राठौरले बिद्रोह गरेर उम्मेदवार बनेकाहरुलाई फुल मालाले सम्मान गर्नु भनेको अनुशासनको धज्जी उडाउनु भएको भन्दै बिद्रोह गरेका सबै उम्मेदवार कार्वाहीको सुचिमा रहेको पनि संकेत गरे।

नेपाल विद्यार्थी संघको बिधान अनुसार म्याद सकिएर भंग भएको भन्दै यसमा सभापतिलाई दोसारोपन गर्न नहुने पनि बताए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...