News Portal

मन्त्री भट्टराईसँग जर्मनीका राजदूतको भेट

हिमाली संचार संवाददाता
६३४ पटक

काठमाडाैं, १८ भदाै : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक भ्यालेरी जुलियान्ड, नेपालका लागि जर्मनीका राजदूत रोलान्ड शेफेर र नेपालका लागि फ्रान्सका राजदूत फस्वाँ जामिए लेजेले मंगलबार भेेेटघाट गर्नुभएको छ। उहाँहरुले सिंहदरबारस्थित मन्त्रालयमा छुट्टाछुट्टै भेट गर्नुभएको हो।

भेटमा मन्त्री भट्टराईले हवाई उड्डयन र हवाई सुरक्षाको क्षेत्रमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)ले तोकेको मापदण्डबमोजिम सुधार गर्न सफल भई आइकाओको पछिल्लो उडान सुरक्षा अडिटको नतिजाले उडान सुरक्षाको स्तर अहिले विश्वमा सरदर ६० प्रतिशत रहेकामा नेपालको ६६.७ प्रतिशत पुगेको बताउनुभयो।

नेपालको सुरक्षास्तर बढेको तथा आइकाओ काउन्सिल प्रेसिडेन्ट सर्टिफिकेटसमेत प्रदान भएको अवस्थामा युरोपको आकासमा नेपाली एयरलाइन्सलाई गरिँदै आएको प्रतिबन्ध हटाई निर्वाध ढङ्गले उडान गर्न दिनुपर्नेमा जोड दिनुभएको थियो।

सो विषयमा आवश्यक सहयोग गर्न मन्त्री भट्टराईले उहाँहरुसँग आग्रह गर्नुभएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागार्इँले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...