News Portal

तस्करीमा संग्लन नेकपाका मेयर, भन्सार छलेर भित्र्याइएका ३ ट्रक राजस्वद्वारा बरामद

हिमाली संचार संवाददाता
७५६ पटक

काठमाडौं, १७ भदौ : रसुवा भन्सारबाट न्यून बिजकीकरण गरी सामान आयात हुने गरेको छ। रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्कासँग सेटिङ मिलाएर भित्र्याइएका ३ वटा मालवाहक कन्टेनर राजस्व अनुसन्धान विभागले बरामद गरेको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पा, दिलीप गिरी र प्रेम लामाको अरनिको ग्रुपले रेडिमेड कपडा ल्याएका ट्रक बरामद भएका हुन्।

ती ट्रकमा ठूला मानिसको पाइन्टलाई बच्चाको पाइन्ट घोषणा गरिएको फेलापरेको राजस्व अनुसन्धान स्रोतले बताएको छ। स्रोतका अनुसार भन्सार अधिकृतद्वय भूपेन्द्र कार्की र पोष्टराज बास्तोला तथा नासुहरु सुवास आचार्य र रामचन्द्र ढुंगानाले ती ट्रक चेकजाँच गरेका थिए।

भन्सार प्रमुख पुण्यविक्रम खड्काले उनीहरुले गरेको चेकजाँच सदर गरेपछि काठमाडौंतर्फ आउने क्रममा ती ट्रक राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। निमफुन्जोको अरनिको ग्रुपले तातोपानीदेखि रसुवा भन्सारसम्म नै सेटिङ गरी न्यून बिजकीकरण गरी सामान आयात गर्दै आएको छ।

रसुवा भन्सारबाट कारोबार सुरु भएदेखि नै उनले १८ लाख भन्सार तिर्नुपर्ने सामान २ लाखमात्र भन्सार तिरी आयात गर्दै आएका छन्। राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले रसुवा भन्सारबाट आएका मालबाहक ३ कन्टेनर बरामद भएको र कति भन्सार छली भएको छ भन्नेबारे अनुसन्धान भइरहेको प्रतिक्रिया दिए। उनले कन्टेनर बरामद भएको मिति र ठाउँ याद नभएको बताए।

यद्यपि उनले कसैले दबाब नदिएको प्रष्टीकरण दिए। उनले भने, ‘बाहिर कसले के गरेको छ थाहा छैन, तर विभागमा कसैले दबाब दिएको थाहा छैन। राजस्वले ट्रक बरामद गरेपछि राजस्व अनुसन्धान विभागका महानिर्देशक मैनालीलाई निमफुन्जोले चर्को दबाब दिइरहेको स्रोतले बताएको छ।

ब्यापारी निमफुन्जोले नेकपाका नेताहरुमार्फत् पनि मैनालीलाई दबाब दिइरहेको स्रोतले बताएको छ। ३ वटा ट्रकमा करिब १ करोड भन्सारछली भएको विभाग स्रोतले बताएको छ। १ करोड भन्सार छली देखिएमा राजस्व चुहावट ऐन लगाउँदा ३ करोड बुझाउनुपर्ने हुन्छ।

भन्सारछलीका सामान राजस्वले बरामद भएमा राजस्ज चुहावट ऐन आकर्षित हुन्छ। निमफुन्जोका कन्टेनर चेक जाँच गर्ने भन्सार अधिकृत पोष्टराज बाँस्तोला केही महिनाअघि ६ लाख भन्सार छलीको केसमा पनि परेका थिए।

रसुवा भन्सारबाट हुने आयातमा रेडिमेड कपडामा प्रति ट्रक २० हजार, निकासीमा १५ हजार र स्याउमा ३ हजार दस्तुरी भन्सार प्रमुख र अधिकृतको फन्डमा जम्मा हुने गरेको छ। जुन दस्तरी भन्सार अधिकृत बाँस्तोलाले नै महिना महिनामा काठमाडौंमा आएर वितरण गर्ने गरेको स्रोतले बताएको छ दृष्टिसाप्ताहिकमा समाचार छ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...