News Portal

मेडिकल कलेजका विद्यार्थी पक्राउ

हिमाली संचार संवाददाता
५९७ पटक

काठमाडौं : चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी पक्राउको विरोधमा विद्यार्थीहरुले भरतपुरमा -यालीसहित प्रर्दशन गरेका छन् ।

प्रहरीले चिकित्सा शिक्षा संर्घष समितिका अभियन्ता समेत रहेका प्रविन स्याङ्तानलाई कोठाबाट नै पक्राउ गरेपछि विद्यार्थीहरु आन्दोलित बनेका हुन्। मकवानपुर घर भएका प्रविन बिडिएस अन्तिम बर्षमा पढ्ने विद्यार्थी हुन् । उनी छात्रवृत्तिमा बिडिएस पढ्दै थिए।

चितवन मेडिकल कलेजको परिसरबाट सुरु भएको र्‍याली भरतपुरको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालय जान लाग्दा प्रहरीले रोकेपछि चौविसकोठीमा नै विद्यार्थीले प्रर्दशन गरेका थिए। उनीहरुले विनाकारण विद्यार्थी नेता पक्राउ गरिएको भन्दै तत्काल रिहाइ गर्न माग गरे ।

चितवन मेडिकल कलेजले तोकिएको भन्दा जथाभावी शुल्क लिएको विषयमा आन्दोलनरत विद्यार्थी नेतालाई पक्राउ गरिनु लज्जास्पद भएको अभियानका संयोजक प्रकाश चन्दले बताए ।
वर्तमान सरकारले मेडिकल माफियालाई कारबार्ही गर्नुको साटो मेडिकल पढ्ने बिद्यार्थीमाथी दमन गर्ने काम गरेको उनले आरोप लगाए ।

तोकिएको भन्दा लाखौं बढी पैसा असुली गरी चितवन मेडिकल कलेजले मेडिकल शिक्षाका नाममा लुटतन्त्र मच्चाएको भन्दै बिद्यार्थीहरुले मेडिकल कलेज बिरुद्ध  नाराबाजी समेत गरेका थिए ।

१२ देखि २० लाख सम्म बढी पैसा कलेजले असुली गरेको र त्यसको बिल भरपाई समेत केही नदिने गरेको भन्दै विद्यार्थीले कलेज प्रशासन बिरुद्ध चर्को नाराबाजी गरे ।

आफूहरुको आन्दोलनलाई दवाउन प्रविनलाई पक्राउ गरिएको र  पक्राउ गरिएका विद्यार्थी तत्काल नछाडे आन्दोलनलाई थप चर्काउने उनीहरुको चेतावनी छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले केही कुरा सोधपुछ गर्नुपर्ने भएकाले प्रविनलाई पक्राउ गरिएको जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...