News Portal

नेपाली कांग्रेस रंगेली नगरले मनायो १०५ औं विपि जयन्ती

हिमाली संचार संवाददाता
५६९ पटक

रबिन्द्र बराल/मोरङ, १५ भदौ : नेपाली कांग्रेसका संस्थापक नेता विश्वेवश्वरप्रसाद कोइरालाको १०५ औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस रंगेलीकाे कार्यसमितिले शनिबार विविध कार्यक्रम सम्पन्न गरेको छ ।

रंगेली ७ मा रहेको मेलिना हाेटलकाे सभाहलमा शनिबार एक कार्यक्रमकाे अायाेजना गरि विपि जयन्ती मनाएका हुन।

कार्यक्रमकाे प्रमुख अतिथि जिल्ला सचीव मोदराज घिमिरे, विशिष्ट अतिथी पुर्ब जिल्ला सचीव, संन्जय भट्टराई, क्षेत्रीय सभापति सुमन कुंवार, जिल्ला सदस्य राजकुमार कोइराला, तरुण दलका जिल्ला सदस्य पदम पाठक लगायतको उपस्थित समेत रहेको थियोे।

उक्त कार्यक्रममा विपिकाे फाेटाेमा माल्यमण गरेर बिपि जयन्ती मनाएका हुन। विपिकाे बिचारकाे माध्यमबाट नेपाली काङ्ग्रेस अगाडि बढेमा देश र जनताकाे भलाे हुने समेत बताए।

पटकपटक गरी करिब १२ वर्ष कारागार जीवन बिताएका कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते बनारसमा भएको थियो। कोइरालाले नेपाली जनतालाई अधिकार उपलब्ध गराउन जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेका थिए। उनले भारतको स्वतन्त्रताका लागि समेत सङ्घर्ष गरेका थिए।

कोइरालाले साथीहरुसँग मिलेर विसं २००३ मा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेका थिए भने पछि विसं २००६ मा सुवर्णशम्शेरले स्थापना गरेको नेपाली प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरी कोइराला सभापति बनेका थियो। उनी विसं २००७ मा अन्तिम राणा प्रधानमन्त्री मोहनशम्शेरको मन्त्रिपरिषदमा गृहमन्त्री बनेका थिए।

विसं २०१५ फागुन ७ मा भएको संसद्को निर्वाचनमा पार्टीलाई बहुमत दिलाई उनी पहिलो जननिर्वाचित प्रधानमन्त्री भई मुलुकको नेतृत्व गरेको समयमा विसं १०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले कोइरालाको सरकारलाई अपदस्थ गरेपछि विसं २०१७ देखि ०२५ सालसम्म सुन्दरीजलस्थित बन्दीगृहमा बसेका समेत बताए।

नेपाली काङ्ग्रेस रंगेली नगर संम्योजक जगर नाथ मण्डलको सभापतित्वामा सम्पन्न भयो।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...