News Portal

जनताका समस्या केलाउन दोस्रो जागरण अभियान : नेता शाह

हिमाली संचार संवाददाता
९२८ पटक

काठमाडौं,१५ भदौ : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले राजनीति देशको बिकाश र जनताको समृद्धको लागि भएको भन्दै कांग्रेसको जारी केन्द्रिय कार्यसमितिको बैठकलाई कांग्रेस बलियो बनाउन ध्यान केन्द्रित गर्न निवेदन गरेका छन।

पुर्व उपाध्यक्ष शाहले आइतबार सामाजिक संजाल मार्फत आफ्नो धारना सार्वजनिक गर्दै भनेका छन “जनताको समृद्धि र देशको बिकाशका एजेण्डा लागू गर्न सरकारको नेतृत्व आवश्यक हून्छ, सरकारको नेतृत्व गर्न जनताको समर्थन चाहियो, जनताको समर्थन प्राप्त गर्नका लागी जनताका आवश्यकता अनुसारका एजेण्डा तय गर्नु पर्यो।

यो राजनीतिको सबै भन्दा महत्वपूर्ण बिषयबस्तु हो।” उनले नेपाली कांग्रेसले भाद्र २४ गते देखी ३३० निर्बाचन क्षेत्रमा गर्न लागेको दोस्रो जागरण अभियानमा खटाईने प्रतिनिधिलाई पार्टीको सांगठनिक अवस्था र जनताको एजेन्डा केके छन भनेर केलाउने जिम्मेवारी दिनुपर्ने तर्क पनि गरेका छन।

शाहले गरेको अपिल यस्तो थियो:

नेपाली कांग्रेसको दोस्रो जागरण अभियानका लागी मेरो निबेदन
********
राजनीति देशको बिकाश र जनताको समृद्धिको लागी हो। जनताको समृद्धि र देशको बिकाशका एजेण्डा लागू गर्न सरकारको नेतृत्व आवश्यक हून्छ सरकारको नेतृत्व गर्न जनताको समर्थन चाहियो,जनताको समर्थन प्राप्त गर्नका लागी जनताका आवश्यकता अनुसारका एजेण्डा तय गर्नु पर्यो,यो राजनीतिको सबै भन्दा महत्वपूर्ण बिषयबस्तु हो।
नेपाली कांग्रेसले यही भाद्र २४ गते देखी ३३० निर्बाचन क्षेत्रमा दोस्रो जागरण अभियान संचालन गर्दैछ। जागरण अभियान संचालन गर्न जाने प्रतिनिधिलाई एउटा थप जिम्मेवारी प्रदान गरियोस भन्ने मेरो अनुरोध हो त्यो के भने –

क) ~ एजेण्डा:
१) ‘ उक्त निर्बाचन क्षेत्रको क़ुन क़ुन स्थानमा जनताका सब भन्दा महत्वपूर्ण समस्या के के हुन ?
२) त्यो क्षेत्रको बिकाश र जनताको समृद्धिका संभावना के के हुन ?
~ कृषि भित्रका सबै बिषयहरू
~ पर्यटन भित्रका सबै सम्भावनाहरू
~ एतिहासिक र सांस्कृतिक धरोहरहरू
~ खनिज भित्रका संभावनाहरू
~ शिप बिकाशका आवश्यकता र संभावनाहरू

ख )~ संगठन:
१ ) पार्टीको सम्पूर्ण तहको संगठनको अवस्था के छ ?
२ ) सम्पूर्ण तहमा सबै भात्री संस्थाहरूको अवस्था के छ ?
३ ) प्रतिपक्षहरूको संगठनको अवस्था के छ ?

यी दुबै बिषयमा जागरणको नेतृत्व गरेर जाने प्रतिनिधीले सम्पूर्ण बिबरण संकलन गरेर ल्याउन आवश्यक छ। त्यही बिबरणको आधारमा पार्टीको स्थानीय तथा केन्द्रीय घोषणा पत्र तयार गरिनु पर्छ। काठमाण्डूमा कोठा भित्र बसेर विदेश अध्ययन गरेका बिद्वानहरूले तयार गरेका घोषणा पत्रको आधारमा अबको बिकाशको अवधारणा तयार गरिनु हुदैन।यसरी तयार गरीएको घोषणा पत्र बोकेर मात्र संगठन निर्माण,परिचालन र जनसमर्थनको लागी जनताको बीचमा जानु पर्छ भन्ने नेपाली कांग्रेस केन्द्रीय समितिलाई मेरो निवेदन छ।

~ जय नेपाल !!

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...