News Portal

जनताका समस्या केलाउन दोस्रो जागरण अभियान : नेता शाह

हिमाली संचार संवाददाता
९६६ पटक

काठमाडौं,१५ भदौ : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले राजनीति देशको बिकाश र जनताको समृद्धको लागि भएको भन्दै कांग्रेसको जारी केन्द्रिय कार्यसमितिको बैठकलाई कांग्रेस बलियो बनाउन ध्यान केन्द्रित गर्न निवेदन गरेका छन।

पुर्व उपाध्यक्ष शाहले आइतबार सामाजिक संजाल मार्फत आफ्नो धारना सार्वजनिक गर्दै भनेका छन “जनताको समृद्धि र देशको बिकाशका एजेण्डा लागू गर्न सरकारको नेतृत्व आवश्यक हून्छ, सरकारको नेतृत्व गर्न जनताको समर्थन चाहियो, जनताको समर्थन प्राप्त गर्नका लागी जनताका आवश्यकता अनुसारका एजेण्डा तय गर्नु पर्यो।

यो राजनीतिको सबै भन्दा महत्वपूर्ण बिषयबस्तु हो।” उनले नेपाली कांग्रेसले भाद्र २४ गते देखी ३३० निर्बाचन क्षेत्रमा गर्न लागेको दोस्रो जागरण अभियानमा खटाईने प्रतिनिधिलाई पार्टीको सांगठनिक अवस्था र जनताको एजेन्डा केके छन भनेर केलाउने जिम्मेवारी दिनुपर्ने तर्क पनि गरेका छन।

शाहले गरेको अपिल यस्तो थियो:

नेपाली कांग्रेसको दोस्रो जागरण अभियानका लागी मेरो निबेदन
********
राजनीति देशको बिकाश र जनताको समृद्धिको लागी हो। जनताको समृद्धि र देशको बिकाशका एजेण्डा लागू गर्न सरकारको नेतृत्व आवश्यक हून्छ सरकारको नेतृत्व गर्न जनताको समर्थन चाहियो,जनताको समर्थन प्राप्त गर्नका लागी जनताका आवश्यकता अनुसारका एजेण्डा तय गर्नु पर्यो,यो राजनीतिको सबै भन्दा महत्वपूर्ण बिषयबस्तु हो।
नेपाली कांग्रेसले यही भाद्र २४ गते देखी ३३० निर्बाचन क्षेत्रमा दोस्रो जागरण अभियान संचालन गर्दैछ। जागरण अभियान संचालन गर्न जाने प्रतिनिधिलाई एउटा थप जिम्मेवारी प्रदान गरियोस भन्ने मेरो अनुरोध हो त्यो के भने –

क) ~ एजेण्डा:
१) ‘ उक्त निर्बाचन क्षेत्रको क़ुन क़ुन स्थानमा जनताका सब भन्दा महत्वपूर्ण समस्या के के हुन ?
२) त्यो क्षेत्रको बिकाश र जनताको समृद्धिका संभावना के के हुन ?
~ कृषि भित्रका सबै बिषयहरू
~ पर्यटन भित्रका सबै सम्भावनाहरू
~ एतिहासिक र सांस्कृतिक धरोहरहरू
~ खनिज भित्रका संभावनाहरू
~ शिप बिकाशका आवश्यकता र संभावनाहरू

ख )~ संगठन:
१ ) पार्टीको सम्पूर्ण तहको संगठनको अवस्था के छ ?
२ ) सम्पूर्ण तहमा सबै भात्री संस्थाहरूको अवस्था के छ ?
३ ) प्रतिपक्षहरूको संगठनको अवस्था के छ ?

यी दुबै बिषयमा जागरणको नेतृत्व गरेर जाने प्रतिनिधीले सम्पूर्ण बिबरण संकलन गरेर ल्याउन आवश्यक छ। त्यही बिबरणको आधारमा पार्टीको स्थानीय तथा केन्द्रीय घोषणा पत्र तयार गरिनु पर्छ। काठमाण्डूमा कोठा भित्र बसेर विदेश अध्ययन गरेका बिद्वानहरूले तयार गरेका घोषणा पत्रको आधारमा अबको बिकाशको अवधारणा तयार गरिनु हुदैन।यसरी तयार गरीएको घोषणा पत्र बोकेर मात्र संगठन निर्माण,परिचालन र जनसमर्थनको लागी जनताको बीचमा जानु पर्छ भन्ने नेपाली कांग्रेस केन्द्रीय समितिलाई मेरो निवेदन छ।

~ जय नेपाल !!

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...