News Portal

  • नेकपा निकट पत्रकारहरुद्वारा रजिष्ट्रारमाथि कार्यकक्षमै हातपात

    हिमाली संचार संवाददाता
    ४७८ पटक

    नारायण खड्का/दाङ, १२ भदौ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि कार्यकक्षमै दुर्व्यवहार भएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको नेतृत्वमा गएको टोलीले बुधबार प्रतिष्ठानमा तालाबन्दी गर्ने क्रममा उनीमाथि हातपात गरेको हो।

    सिसी टिभी फुटेजमा रजिष्ट्रारलाई कार्यकक्षमै हुत्याइदिएर लडाएको देखिन्छ। आफूमाथि गालीगलौज समेत गरिएको रजिष्ट्रार प्याकुरेलले बताए। प्रतिष्ठानकी उपकुलपति डा.संगीता भण्डारीले रजिष्ट्रार प्याकुरेलमाथि कार्यकक्षमै दुर्व्यवहार भएको भन्दै त्यसको विरोध गरिन्। नेकपाका नेता विवेक श्रेष्ठले रजिष्ट्रार प्याकुरेलमाथि हातपात तथा धकलेर लडाइ दिएको भन्दै उनले त्यस्तालाई कारबाही हुनुपर्ने माग गरिन्।

    आफूमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै पीडित प्याकुरेलले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्। उपकुलपति डा. भण्डारीले पनि कार्यकक्षमै गएर आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको हुँदा बुधबार नै  तीन जनाविरूद्ध किटानी जाहेरी दिएको सेतोपाटीलाई बताइन्।

    प्रतिष्ठान बचाउ अभियानका संयोजक विकिरण गौतम, सदस्य सचिव तथा नेपाल पत्रकार महासंघका दाङ शाखा अध्यक्ष सविन प्रियासन, नेकपाका नेता विवेक श्रेष्ठविरूद्ध किटानी जाहेरी दिएको भण्डारीले बताइन्। तर जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले भने यस विषयमा अनभिज्ञता जनाए।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले पनि प्रहरी प्रशासनले आवश्यक सहयोग नगरेको गुनासो गर्दै आएकी छन्।

    उपकुलपति भण्डारीलाई असक्षम र भ्रष्ट भन्दै उनको राजीनामा माग्दै बुधबार पत्रकार महासंघ दाङका पदाधिकारीले प्रतिष्ठानले नाराबाजी र तालाबन्दी गरेको थियो। सो क्रममा प्रहरी र पदाधिकारीबीच धकेलाधकेल समेत भएको थियो।

    यसक्रममा पत्रकार र प्रहरी दुबैजनालाई सामान्य चोट पटक पनि लागेको थियो। त्यही विषयलाई निहुँ बनाउँदै ताला लगाउन पुगेका नेकपा निकटका पत्रकारहरूले आफूमाथि हातपात भएको भन्दै ‘प्रहरी दमन मुर्दावाद, नागरिकको सुरक्षाको ग्यारेन्टी गर’ भन्ने जस्ता नाराबाजी समेत गरेका थिए।

    तालाबन्दी रोक्न कार्यको नेतृत्व गरेका प्रहरी अधिकारीले आफूलाई कुहिनामा चोट लागेर रगत आएको भन्दै आफ्नो अवस्था पनि बुझिदिन अपिल गरेका थिए। ‘तपाईंहरू आन्दोनकारी हो कि पत्रकार हो,’ उनले भनेका थिए ‘तपाईंहरू आफैं प्रहरीलाई धक्का पक्का र ताला लगाउन आए अब हामीले के बुझ्ने।

    नेकपाका नेता विवेक श्रेष्ठले ताला लगाउन नदिएर अवरोध गर्न खोज्ने प्रहरीलाई ढाडमा च्याप्प समातेर बाहिर फालेपछि उनले ‘मिडिया मिडिया’ भन्दै कराएका थिए।

    ‘यहाँ कोही स्वतन्त्र पत्रकार हुनुहुन्छ कि हुनुहुन्न,’ उनले सोधेका थिए। पत्रकार लगायतका आन्दोलनकारीले प्रहरीलाई भित्रै थुनेर मूल गेटमा ताला लगाइ दिएपछि प्रहरी भने पालैपालो पर्खाल नाघेर बाहिर निस्किएका थिए। यद्यपी ताला बुधबारै खोलिएको छ।

    ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ताला लगाउन प्रतिष्ठान बचाऔं’ अभियानका संयोजक विकिरण गौतम, अभियानका सदस्य सचिव तथा नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, महासंघका सचिव भूपेन्द्र वली, राप्ती पोष्ट दैनिकका प्रकाशक तथा सम्पादक शरद अधिकारी, महासंघका कार्यसमिति सदस्य नविन अभिलासी लगायतका नाराबाजी गर्न गएका थिए।

    तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति तोकिएको थियो। त्यसैले सुरूदेखि नै नेकपाका नेता कार्यकर्ताले आफू निकटको उपकुलपति ल्याउन अनेक प्रयत्न गर्दै उनलाई असहयोग गर्दै आएका छन्।

    नेकपाको सरकारले उपकुलपति डा.भण्डारीलाई हटाउने निर्णय गरेको पनि सर्वोच्चले आदेश उल्ट्याएपछि फेरि उनी उक्त पदमा रहेकी छन्। प्रतिष्ठानको स्थापना र सञ्चालन प्रक्रिया देखिनै विवाद तथा आन्दोलन भइरहेको हुँदा प्रतिष्ठानको सेवा सुविधा खस्किँदै गएको छ। त्यसैले गर्दा सर्वसाधारण नागरिक भने मर्कामा पर्दै आएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...