News Portal

फुटपाथमा नरिवल बेच्ने युवकलाई कुटपिट गरेकाेमा दुई जना प्रहरीलाई निलम्बन

हिमाली संचार संवाददाता
५२१ पटक

जनकपुर – जनकपुरको फुटपाथमा नरिवल बेच्ने युवकलाई प्रहरीले कुटपिट गरेको भिडियो खिचेर सार्वजनिक गरेको भन्दै प्रहरीले युवा अभियन्ता सुशील कर्णलाई कुटपिट गरेका छन् ।

बिहिबार दिउँसो जानकी चोकमा नरिवल बेचिरहेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का १९ वर्षका युवक रोशन चौधरीलाई जानकी मन्दिर परिसरका पर्यटक प्रहरी जवान प्रेमशंकर यादवले कुटपिट गरेको थियो ।

रोशनलाई प्रहरीले कुटपिट गरेको भिडियो सार्वजनिक गरेको केही घण्टामै यूवा अभियन्ता सुशिल कर्णमाथि प्रहरीले गरेको ज्यादतीको गरेको थियो । त्यसको विरोधमा सो कार्यमा संलग्न प्रहरीलाई कारवाहीको माग गर्दै स्थानीयले नारावाजी गरेका थिए ।

जनकपुरको जानकी प्रहरी चौकीका प्रहरीले अभियन्ता कर्णलाई चौकीमा बोलाएर भिडियो किन खिचेको भन्दै कुटपिट गरेका थिए । जानकी मन्दिर परिसरमा रहेको पर्यटक प्रहरीका ईन्चार्ज विरेन्द्रकुमार यादवले अभियन्ता कर्णलाई चौकीमै बोलाएर हातपात गरेका थिए ।

यता धनुषाका प्रहरी नायव उरीक्षक रामेश्वर कार्कीले अभियन्ता सुशिल कर्ण र नरिवल बेच्ने युवक रोशनमाथि भएको दुव्र्यवहार तथा कुटपिट गर्ने पर्यटक प्रहरी इन्चार्ज विरेन्द्र यादव र प्रहरी जवान प्रेमशंकर यादवलाई कारवाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता गरे ।

इन्चार्ज प्रहरी जवान यादवलाई निलम्बनका लागि सिफारिस गर्ने र थप कारवाहीका लागि प्रक्रिया अगाडी बढाइने प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...