News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • रत्न माध्यमिक विद्यालय रंजनिमा एक दिने जनचेतनामूलक कार्यक्रम

    हिमाली संचार संवाददाता
    २५२ पटक

    रबिन्द्र बराल/मोरङ, १२ भदौ : माेरङकाे रंगेली नगरपालिका ३ स्थित रत्न माध्यमिक विद्यालय रंजनिमा एक दिने जनचेतनामूलक कार्यक्रम गरिएको छ। विद्यालयमा अध्यन कक्ष ८ देखि १० सम्मका छात्रछात्राहरुलाई लागुऔषध, महिला हिंसा, मानव बेचविखन, बालविवाह, ट्राफिक नियम तथा साइवर अपराधका विषयमा प्रशिक्षण दिएको हाे।

    अहिले सामाजिक सन्जालले गर्दा युवायुवतीहरु दिनप्रतिदिन बिकृतिमा तथा अन्य बाटाेमा लागिरहेको अवस्था यस्ता जनचेतनामूलक कार्यक्रम गर्नु निकै फलदायी हुने स्थानीय वडाध्यक्ष घनश्याम पनेरुले बताए।

    १ नं.प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एव प्रहरी वरिष्ठ उपरिक्षक किशोर कुमार दाहालले पावर प्वाइन्ट तथा लेक्चर, भिडियो बिधीबाट साइबर क्राइम, बाल बिबाह, ट्राफिक नियम, लागु औषध सम्बन्धी बिषयमा प्रशिक्षण दिएका थिए।

    प्रशिक्षण दिदै दाहालले भने गाउँघरमा अहिले पनि घरेलु हिन्सा कायमै रहेको हुनाले यसबाट हुने हिन्सा राेक्न सबै पक्षकाे भुमिका उत्तिकै महत्त्वपूर्ण हुने समेत बताए।

    १ न. प्रदेश प्रहरी कार्यालय बिराटनगरको आयोजना तथा ईलाका प्रहरी कार्यालय रंगेलीकाे पहलमा समुदाय प्रहरी साझेदारी अन्तर्गत कार्यक्रम गरिएको छ।

    उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्र तिनपैनि अध्यक्ष मिना जोशी, वडाध्यक्ष घनश्याम पनेरु, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाल, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, स्थानीय, बुद्धिजीवी, समाजसेवी, शिक्षक लगायतकाे उपस्थिति समेत रहेको थियोे।

    प्रतिकृया दिनुहोस्

    बुढीगण्डकी आयोजनाको ढिलाइप्रति नेकपाको असन्तोष, समान मुआब्जाको माग गर्दै ज्ञापनपत्र बुझायो

    गोरखा, जेठ ४ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुढीगण्डकी जलविद्युत् आयोजना कार्यान्वयनमा भइरहेको...

    पुरुषोत्तम त्रिपाठीको नयाँ स्वदेश गीत सार्वजनिक

    काठमाडौं, जेठ ४ – नेपाली आधुनिक संगीत विधामा आफ्नो पृथक पहिचान बनाउन सफल सर्जक, संगीतकार...

    निचामारी विद्यालयका कक्षा ६ मा पढ्ने सबै विद्यार्थीहरूलाई अन्यत्र पठाइयो

    मोरङ, जेठ ४ – रंगेली–७ स्थित निचामारी आधारभूत विद्यालयले कक्षा ५ उत्तीर्ण गरेका २५ जना...

    सरकार सरकारजस्तो देखिएको छैन : सांसद सञ्जय गौतम

    काठमाडौं, जेठ ४ – नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारको हालको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त...

    दुःखद घटना : स्कुल जान लागेका दिदी–भाइको ज्यान बाबुले लिए, चितवनमा पारिवारिक शोकको छाया

    चितवन, जेठ ४ -भरतपुरमा शुक्रबार बिहान भएको एक हृदयविदारक घटनाले सम्पूर्ण समुदाय स्तब्ध बनेको छ।...