News Portal

प्रेस माथिको अंकुशले लोकतन्त्र सुरक्षीत हुँदैन : देउवा

हिमाली संचार संवाददाता
१३५६ पटक

काठमाडौं, १० भदौ : नेपाली कांग्रेसकि नेतृ आर्जु राणा देउवाले नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले प्रेसमाथि अंकुश लगाउने खोजेको भन्दै यो कार्यले लोकतन्त्र सुरक्षीत नहुने जिकिर गरेकी छन।

देउवाले नेपाली कांग्रेस गौरवमय इतिहास भएको पार्टी भएकाले आफ्नो पार्टीको इतिहास जनतालाई बताउन हिचकिचाउन नहुने पनि बताएकी छन।

मंगलबार राष्ट्रिय सभागृहमा नेपाल विद्यार्थी संघकी निवर्तमान सहमहामन्त्री महेश्वरी कुँवरको ने वि संघ मैदानबाट महिला नेतृत्व नामक पुस्तक बिमोचन गर्दै देउवाले कांग्रेसले आगामी निर्वाचनमा भोट बढाउन प्रबिधिको भरपुर प्रयोग गर्नुपर्ने पनि बताएकी छन।

उनले देशको अर्थतन्त्र टाट पल्टिनबाट कांग्रेसले जोगाएको भन्दै कांग्रेसलाई जत्तिकै देशको माया अरु पार्टीलाई नभएको उल्लेख गरिन।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...