News Portal

  • राष्ट्रिय खबरका पत्रकार उदयबिरुद्ध वडाध्यक्षले उजुरी

    हिमाली संचार संवाददाता
    ४३५ पटक

    बाँके, ९ भदौ : नेपालगन्जका पत्रकार उदयसिंह श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्दा दायर भएको छ। नेपालगन्ज उपमहानगरपालिका–४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले पत्रकार श्रेष्ठविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरेका हुन्।

    अध्यक्ष बेहनाले मुद्दा दायर गरे लगत्तै जिल्ला प्रशासन कार्यालय बाँकेबाट पत्रकार श्रेष्ठलाई पक्राउ गर्न पूर्जी जारी गरिएको छ। वडाध्यक्ष बेहनाले दिएको जाहेरीमा भनिएको छ, ‘वडा कार्यालयमा आएर पटक–पटक स्ट्रीट लाइट मागेको र आफूले दिन नसक्ने बताएपछि तिम्रो र तिम्रो परिवारको बारेमा झुट्टो समाचार बनाएर बदनाम गरिदिन्छु भनेपछि करिब आठ महिना पहिले १० हजारमा ४ वटा स्ट्रीट लाइट खरीद गरेर उपलब्ध गराएको थिएँ।

    ‘गत चैत महीनामा राम्रो खालको चालम मागेको र मैले उपलब्ध गराउन सक्दिन भन्दा झुट्टा समाचार बनाएर सार्वजनीक गरिदिने धम्की दिएपछि रु.९ हजार मुल्य पर्ने ‘दुध मलाई’ नामको चामल ५० किलो उपलब्ध गराउन बाध्य भएको’ पनि जाहेरीमा उल्लेख गरिएको छ।

    पछिल्लो पटक असार महीनामा आफ्नो वडा कार्यालयमा आएर गाडीका लागि चाहिने पेट्रोल र रु.२५ हजार रकम माग गरेको पनि जाहेरीमा उल्लेख गरीएको छ।

    जाहेरीमा पेट्रोल र २५ हजार दिन नसक्ने बताएपछि आफूसँग आक्रोश व्यक्त गर्दै म बरिष्ठ पत्रकार हुँ, मेरो पहुँच ठूलै छ, मैले भनेको नमान्ने भन्दै सार्वजनीक स्थानमा गालीगलौच र अभद्र व्यवहार गर्दै झुट्टा समाचार बनाउने धम्की दिएको पनि उल्लेख गरिएको छ। जाहेरी दर्तापछि बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक बीरबहादुर वलीले अभद्र व्यवहार सम्बन्धी कसुर गरेको आरोपमा श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको बताए।

    मुलुकी अपराधसंहिता २०७४ को दफा ११८ को अभद्र व्यवहारसम्बन्धी कसुर अन्तरगत श्रेष्ठमाथि मुद्दा दर्ता गरिएको हो। वडाध्यक्ष बेहनाले ९ दिनअघि नै जाहेरी लिएर जिल्ला प्रहरीमा पुगे पनि मेलमिलापका लागि समय दिएको प्रहरी उपरीक्षक वलीले बताए। उनले भने, ‘उहाँहरुबीच मेलमिलाप नभएपछि आज मुद्दा दर्ता गरिएको हो।

    बेहनाले प्रहरीसँग ‘मैले न्याय पाउने कि नपाउने’ भनेपछि मुद्दा दर्ता गरिएको थियो। पत्रकार श्रेष्ठलाई पक्राउ गर्नका लागि आज नै पक्राउ पूर्जी जारी गरेको मुद्दा फाँटका इन्चार्ज प्रहरी निरिक्षक दिपक मल्लले बताए। श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरेका वडाध्यक्ष बेहनाले श्रेष्ठले पटक पटक आफूलाई डर, धाक, धम्की दिई गैरकानुनी लाभ (फिरौती) लिएको उल्लेख गरेका छन्।

    उनकाअनुसार पत्रकार श्रेष्ठले गत असारमा वडा कार्यालयभित्र प्रवेश गरी फिरौती माग गरेका थिए। आफूले फिरौती दिन इन्कार गरेपछि सामाजिक सञ्जालमार्फत् गाली गलौज, धम्की र अभद्र व्यवहार गरी प्रतिष्ठामा आँच आउने काम पत्रकार श्रेष्ठले गरेको वडाध्यक्ष बेहनाले बताए। पत्रकार भनिएका श्रेष्ठले गैरकानुनीरुपमा फोटो चोरी सार्वजनिक गरेको पनि बेहनाले आरोप लगाएका छन्।

    काठमाडौंबाट सञ्चालित राष्ट्रिय खबर डटकममा काम गर्ने मुलुकी अपराधसंहिताको परिच्छेद ५ को सार्वजनिक हित, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तरगत दफा ११८ मा अभद्र व्यवहार गरेको कसुर प्रमाणित भए १ बर्षसम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने ब्यवस्था रहेको प्रहरी उपरीक्षक वलीले बताए।

    त्यसो त एक बर्षअघि भदौ पहिलो साता नेपालगन्ज भन्सार कार्यालयमा पत्रकार भन्दै नियमित धम्क्याउँदै आएका उदयसिंह श्रेष्ठलाई चौलिकाका स्थानीयबहरूले लखेटेका थिए ।

    नेपालगन्ज भन्सार कार्यालयमा नियमित डियुटी दिँदै आएका श्रेष्ठले पत्रकारको परिचय दिँदै सीमा नाकामा आउजाउ गर्ने व्यक्तिहरूलाई दुख दिन थालेपछि स्थानीयले सीमा नाकाबाट लखेटेका थिए।

    चेकजाँचका लागि खटिएका प्रहरीलाई समेत धम्क्याउँदै आएका श्रेष्ठले सडकमै प्रेस लेखेको गाडी राखेर अनलाइन लाइभ गर्ने भन्दै भन्सार नाकामा आउजाउ गर्ने स्थानीयहरूको झोला खोतल्न थालेपछि आक्रोशित भएका स्थानीयहरूले पत्रकारको भेषमा अनावश्यक दुःख दिएको र घरायसी प्रयोजनका लागि ल्याएका सामानहरू समेत नियन्त्रणमा लिन थालेपछि स्थानीयहरूले त्यसको प्रतिकार गरेका थिए।

    भन्सार तथा चौलिक्का क्षेत्रमा खटेका सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीका महानिरिक्षक शैलेन्द्र खनाल आफ्नो निकटको साथी भएको भन्दै श्रेष्ठले उनीहरुलाई अनावश्यक दुख दिने गरेको समेत सुरक्षाकर्मीले बताएका छन्।

    श्रेष्ठले विगतमा पनि पत्रकार आचारसहिंता विपरित काम गरी नेपाल पत्रकार महासंघ र समग्र बाँकेका पत्रकारको प्रतिष्ठामाथि आँच पुर्याएका कारण पत्रकार महासंघ बाँकेले सात बर्षअघि श्रेष्ठको साधारण सदस्यता समेत खारेज गरेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...

    चितवनमा अपराधमा बालबालिकाको प्रयोग बढ्दो, प्रहरी चिन्तित

    चितवन, भदौ २ – पछिल्लो एक वर्षमा चितवन जिल्लामा बालबालिकालाई अपराधमा संलग्न गराउने घटनामा उल्लेख्य...