News Portal

खानेपानी मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता

हिमाली संचार संवाददाता
४६८ पटक

काठमाडौं : आर्थिक वर्ष २०७६।०७७ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन गर्नका लागि खानेपानी मन्त्री बिना मगर र सचिव माधव बेल्वासेबीच सोमबार कार्य सम्पादन सम्झौता भएको छ ।

मन्त्रालयको सभाहल सिंहदरबारमा सोमबार सम्पन्न भएको सम्झौता कार्यक्रममा खानेपानी मन्त्रालयसँग सम्बन्धित योजनाहरु आर्थिक वर्ष २०७६।०७७ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । मन्त्री मगर र सचिव बेल्वासेले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

सरकारको नीति तथा कार्यक्रममा आधारभूतस्तरको खानेपानी सेवालाई आगामी आर्थिक वर्षमा ९२ प्रतिशत र चार वर्षभित्र शत प्रतिशत जनसंख्याको पहुँचमा पु-याइने उल्लेख छ । त्यस्तै निर्माणधीन खानेपानी आयोजनाहरु सम्पन्न गरी तराईका जिल्लाहरुमा आर्सेनिक मुक्त सुरक्षित खानेपानी उपलब्ध गराइने नीति तथा कार्यक्रममा भनिएको छ । सरकारले लिएका यी लक्ष्यहरु पुरा गर्न मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता भएको हो ।

सम्झौतामा उल्लेख भए अनुसार ९८ वटा भूकम्पबाट क्षतिग्रस्त खानेपानी आयोजनाहरुको पुनर्निर्माण गर्ने, १३ सय ६८ वटा आयोजनाहरुको खानेपानी सेवा विस्तार तथा पुनस्थापना गर्ने, १५ वटा क्रमागत तथा ४१ वटा नयाँ गुणस्तर सुधारका आयोजनाहरुको कार्यान्वयन गर्ने र थोक वितरण प्रणाली तथा जलाशययुक्त सम्भाव्य आयोजनाहरुको सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन कार्य यसै चालु आर्थिक वर्षभित्र गर्ने बताइएको छ ।

त्यस्तै २३ वटा नगर क्षेत्र (जस्तै पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, भद्रपुर, धरान, वीरगञ्ज, भैरहवा र धनगढी लगायत अन्य क्षेत्र) को लागि खानेपानी सुधार कार्य गर्ने हस्ताक्षरित सम्झौतामा उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७६।०७७ मा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने उल्लेख भएकाले चालु आर्थिक वर्षभित्रमा मेलम्चीको पानी पथान्तरण गरिसक्ने कार्यसम्पादन सम्झौतामा उल्लेख छ । त्यसैगरी नेपाललाई खुला दिसा मुक्त राष्ट्र बनाई पूर्ण सरसफाइ अभियानलाई देशैभरि अगाडि बढाउने मन्त्रालयको प्रतिबद्धता छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले यो सम्झौता जनतासँग गरिएको प्रतिबद्धता भएको बताउनुभयो । ‘यो सम्झौता जनताका अगाडि यो यो काम गर्छु भनेर गरिएको प्रतिबद्धता हो, उहाँले भन्नुभयो, ‘ हामीले चालु आर्थिक वर्षभित्र धेरै काम सम्पन्न गरेर देखाउनुपर्ने चुनौति छ । त्यसैले मन्त्री र सचिवले मात्रै नभई सबैले आत्मसात् गरी सरकारको कार्यक्रम योजनाहरु कार्यान्वयन गर्न तिर लागौं ।’

सचिव बेल्वासेले नीति तथा कार्यक्रम र बजेटले लिएका लक्ष्यहरु पुरा गर्ने तर्फ लाग्न सबैको साथ सहयोग जरुरी रहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...