News Portal

रविले लामिछानेले दिए प्रहरीसँग बयान 

हिमाली संचार संवाददाता
३१२ पटक

काठमाडौँ — आत्महत्या दुरुत्साहन गरेको कसुरमा अनुसन्धानका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने प्रहरीसँगको बयानमा आफूले शालिकरामकी प्रेमिका भनिएकी अस्मतालाई नचिनेको बताएका छन् । उनले बयानमा भनेका छन, ‘रुकु भन्ने अस्मितालाई मैले चितवनको थुनुवा कक्षमा मात्रै चिनेँ ।’ रविले आत्महत्याको दुई/तीन दिनअघि अस्मिता न्युज २४ को कार्यलयमा आएको र क्यामेरामेन अनिल ढुंगेललाई भेटेर आफ्नो समस्या राखेको भन्ने कुरा आफूले सुनेको बताएका छन् ।

रविको बयान यस्तो छ :

कार्यक्रम निर्माता दिपक बोहोराको सिफारिसमा शालिकरामलाई न्युज २४ को रिपोर्टरको रुपमा काममा राखेका थियौं। निजले पाउने सुविधाकोबारेमा मलाई केही थाह थिएन। निज काममा निकै मेहनत गरी खटिने र राम्रो राम्रो सुचनाहरु ल्याउने गर्थे। करिब दुई महिना पहिले निजले (शालिकले) मैले माउन्टेन टिभीमा एक लाख रुपैयाँ तलब पाउने गरी मार्केटिङको काम पाए। अब न्युज २४ छोडेँ भनेका थिए। पछि निजले उक्त टिभीमा मिसन न्युज भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाह पाउँदा निजले किन ढाँटे होला भन्ने लागेको थियो।घटनाको दुई/तीन दिन पहिले हाम्रो क्यामेरामेन अनिल ढुंगेलले हामी सबै कर्मचारीहरु सँगै भएको बेला निज शालिकराम पुडासैनीको प्रेमिका पनि भएको र उनकी प्रेमीकाले शालिकरामबाट केही समस्या भोगिरहेको भनेको सुनेको थिएँ। मिति २०७६ साउन २० गते मेरो कार्यक्रम नभएकाले चाँडै सुतेँ। भोलिपल्ट बहान ब्युझिई मोबाइल हेर्दा निज शालिकरामको मत्यु सम्बन्धमा म्यासेजहरु २० गते राति नै आइसकेका रहेछन्।निजले मर्नुअघि बनाएका २ वटा भिडियोहरु हेर्दा निजले आफूलाई रवि लामिछाने समेतले मर्नलाई बाध्य बनाएकोले आत्महत्या गरेको भनेका रहेछन्। सो कुरा निजले के-कति कारणले भने मलाई थाह छैन। तर निजले आफ्नो श्रीमती हुँदाहुँदै प्रतिवादी अस्मितालाई झुटो बोली निजसँग प्रेम गरेको र पछि निजको प्रेमिका अस्मिताले सबै कुरा थाह पाई निजबाट टाढिन खोज्दा निजले अमिस्तालाई अनेक दुःख दिने, बाटो छेक्ने, मरिदिन्छु भनी डर देखाउने जस्ता कार्यहरु गर्ने गरेकाले निज अस्मिताले मैले चलाउने सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा गई रवि लामिछाने समेतलाई तिम्रोबारेमा भनी सार्वजनिक गरिदिने भनेको कारणले सोही कुरालाई निजले साँचो ठानी म समेतसँग चित्त दुःखाई भिडियोमा मेरो समेत नाम लिई आत्महत्या गरेको हुनुपर्छ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...