News Portal

मर्मत गरिएको तीन घण्टामै सडक भासिएपछी..

हिमाली संचार संवाददाता
६४३ पटक

रसुवा, ९ भदौ : पासाङ ल्हामु मार्गको राम्चे धुन्चे सडक खण्डको ब्राबलमा सडक भासिएपछि सवारी सञ्चालन रोकिएको छ। मर्मत गरेको तीन घण्टामै सडक भासिएपछि सडक अवरुद्ध बनेको हो। शनिबार रातिको अविरल वर्षाका कारण भासिएको सडक आइतबार बिहान मर्मत गरिएको थियो।

मर्मत गरेपछि बिहान १० बजेबाट सवारी सञ्चालनमा आएका थिए। ३ घण्टासम्म सवारी सञ्चालन भएपछि सडक पुनः भासिएको छ। सडक भासिएपछि सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

आइतबार दिउँसो १ बजे फेरि सडक भासिएको हो। जिल्लाको अन्य क्षेत्रमा झरेको पहिरो पन्छाउने काम सकिएको उनको भनाइ छ। जिल्लाको अन्य क्षेत्रमा अहिले अवरोध नभएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...