News Portal

मर्मत गरिएको तीन घण्टामै सडक भासिएपछी..

हिमाली संचार संवाददाता
६६७ पटक

रसुवा, ९ भदौ : पासाङ ल्हामु मार्गको राम्चे धुन्चे सडक खण्डको ब्राबलमा सडक भासिएपछि सवारी सञ्चालन रोकिएको छ। मर्मत गरेको तीन घण्टामै सडक भासिएपछि सडक अवरुद्ध बनेको हो। शनिबार रातिको अविरल वर्षाका कारण भासिएको सडक आइतबार बिहान मर्मत गरिएको थियो।

मर्मत गरेपछि बिहान १० बजेबाट सवारी सञ्चालनमा आएका थिए। ३ घण्टासम्म सवारी सञ्चालन भएपछि सडक पुनः भासिएको छ। सडक भासिएपछि सवारी सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।

आइतबार दिउँसो १ बजे फेरि सडक भासिएको हो। जिल्लाको अन्य क्षेत्रमा झरेको पहिरो पन्छाउने काम सकिएको उनको भनाइ छ। जिल्लाको अन्य क्षेत्रमा अहिले अवरोध नभएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...

कारागारबाट रिहा भए पूर्वसांसद दीपक मनाङे

काठमाडौं, फागुन २७ – गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे, जसलाई राजीव गुरूङको नामले पनि चिनिन्छ,...

चार महिनामै राष्ट्रिय दलको मान्यता पाए श्रम संस्कृति पार्टी

काठमाडौं, फागुन २७ – चार महिनाअघि मात्रै गठन भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले...

स्वच्छ वायु सुधारका लागि नेपाललाई विश्व बैंकको झन्डै ७ अर्ब ऋण सहयोग

काठमाडौं, फागुन २७ – नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले विश्व बैंकले झन्डै ७...