News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • आज २०७६ साल भदौ ८ गते, सन् २०१९ अगस्ट २५ तारीख आइतबार

    हिमाली संचार संवाददाता
    ६१७ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – Aries

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। फजुल खर्च बढ्नेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दु:ख पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। तर समयमा जागरुक नबन्दा पछि परिनेछ। पहिलेका सहयोगी प्रतिस्पर्धामा उत्रन सक्छन्, ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिने चेष्टा गर्नुहोला।

    बृष – Taurus

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ने हुन सक्छ। तापनि दिगो काम सुरु गर्ने समय छ। धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ।

    मिथुन – Gemini

    का, कि, कु, घ, ङ, छ, के, को, ह
    खर्च बढ्नुका साथै अर्थअभावले सताउनेछ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावित छ। दिउँसोदेखि महत्त्वाकांक्षी काम प्रारम्भ हुनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले उत्साह जगाउनेछन्।

    कर्कट – Cancer

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। भैपरी आउने समस्याले खर्च बढ्नेछ भने आलस्य गर्ने बानीले पछि परिनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

    सिंह – Leo

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। आयआर्जनका नयाँ स्रोतसमेत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

    कन्या – Virgo

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    सानो प्रयत्नले धेरैको भलाइ हुन सक्छ। चुनौतीहरू पन्छाउँदै चिताएको काम बनाउन सकिनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। समाजमा विवादास्पद काम गर्नुपर्दा समस्यामा परिनेछ। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।

    तुला – Libra

    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् भने बुद्धिले लक्ष्य पहिल्याउन सकिनेछ। दिउँसोदेखि स्थिति केही अनुकूल बन्नेछ। श्रम परे पनि लगनशीलताले केही उपलब्धि दिलाउन सक्छ। समयमा काम सम्पादन गर्न नसकिए पनि दिगो योजना बनाउन सकिनेछ।

    बृश्चिक – Scorpio

    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    केही अवसर देखिए पनि मनोरञ्जनमा अलमलिँदा काम रोकिनेछ। आफन्तजनसँग सुमधुर सम्बन्धका लागि सजग रहनुहोला। लोकाचारका लागि फजुल खर्च बढ्न सक्छ। दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

    धनु – Sagittarius

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। तापनि स्रोतसाधन जुट्नाले काम बन्नेछ। लगानी बढाउनुपरे पनि नयाँ व्यवसाय थालनी हुनेछ। बलभन्दा बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। दिउँसोदेखि विभिन्न अवसरले पछ्याउनेछन्। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। ज्ञान, कला र व्यक्तित्वमा पनि निखारता आउनेछ।

    मकर – Capricorn

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    कामको मेसो नमिल्दा केही अलमल हुनेछ। समयमा गम्भीर नबन्दा पनि दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि काममा बाधा पुर्याउनेहरू देखा पर्नेछन्। वैधानिक प्रावधानले पनि समस्या निम्त्याउनेछ। केही अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्ला। फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।

    कुम्भ – Aquarius

    गु, गे, गो, सा, सि, सु, से, सो, द
    धेरै लाभ नभए पनि केही समस्या सुल्झाउन सकिनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। दिउँसोदेखि स्वास्थ्य कमजोर हुनाले योजना अधुरो रहने देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। शुभचिन्तकहरू समेत टाढा हुने समय छ। सेवामूलक काम बीचैमा रोकिन सक्छ।

    मीन – Pisces

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। लेनदेन सम्बन्धी हिसाबमा होसियार रहनुहोला। अग्रजहरूको सहयोगले केही काम गर्न सकिनेछ। तर गोपनीयता बाहिरिनाले काममा समस्या पर्न सक्छ। दिउँसोदेखि आफन्तबाट सावधानी अपनाउनुहोला। व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्नेछ। अनायासै साथीभाइ टाढिनाले एक्लोपना अनुभूति हुनेछ।

    प्रतिकृया दिनुहोस्

    भारत–पाकिस्तानबीचको तनाव चुलिँदै : सीमामा पाकिस्तानी आक्रमणको भारतीय दाबी, पाकिस्तानको खण्डन

    भारत र पाकिस्तानबीचको चिरपरिचित सीमा विवाद फेरि एकपटक उत्कर्षमा पुगेको छ। भारतीय सेनाले मे ८...

    आजको राशिफल

    आज वैशाख २६, २०८२ (मे ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भारतबाट ठुलो मात्रामा लागुऔषध बरामद, एक जना पक्राउ

    मोरङ, वैशाख २५ – भारतबाट अबैध रूपमा नेपाल भित्र्याउन लागिएको लागुऔषधसहित एक जना पक्राउ परेका...

    राजसंस्थाको पक्षमा चुलिंदै जनमत, अध्यक्ष लिङ्देनको चेतावनी– ‘अब निर्णायक मोडमा पुग्छ आन्दोलन’

    काठमाडौं, वैशाख २५ – हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग लिएर देशव्यापी आन्दोलनमा उत्रिएको राप्रपाले...

    हेटौंडामा नक्कली नोटसहित एक व्यक्ति पक्राउ, अनुसन्धान तीव्र रूपमा अगाडि

    हेटौंडा, वैशाख २५ — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा प्रहरीले एक व्यक्तिलाई ठूलो परिमाणको नक्कली...