News Portal

कम्युनिस्ट मन्त्रीको यस्तो हर्कत, सलामी मोह भनेसी हुरुक्कै !

हिमाली संचार संवाददाता
१२९६ पटक

काठमाडौं, ६ भदौ : गत असारमा सामाजिक संजालमा जनप्रतिनिधिले ‘पिर्के तथा टेबुले’ सलामी लिएको भन्दै केहि तस्बिर भाइरल भए। जनताको चर्को आलोचना पश्चात कसैले लाज लागेको त कसैले अब देखि यस्तो सलामी नलिने घोषणा समेत गरेका थिए। एक पटक जनताको चर्को आलोचना खेपेका जनप्रतिनिधिले फेरी त्यस्तो सलामी लिने आट नगर्लान्।

तर पुन: एउटा तस्बिर यतिबेला सामाजिक संजालमा भाईरल भएको छ। तस्बिर हो प्रदेश न १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीले पिर्के सलामी लिदै गरेको। कार्की झापा क्षेत्र न. ५ ‘ख’ का लागि वाम गठबन्धनबाट निर्वाचित भएका थिए।

उर्लाबारी स्थित इलाका प्रहरी कार्यालयको भवन शिलान्यास गर्न पुगेका मन्त्रि कार्कीले पिर्के सलामी खाईरहेका छन्। फोटो हेर्दा निकै हाँस्यास्पद देखिन्छ ! तस्बिर बोल्दै छ, मान सम्मान र पदको अथाह भोको छ।


यसरि साम्याबादी व्यवस्थाका लागि लडेका कम्युनिष्टहरुको चर्तिकला देख्दा कल्पना भन्दा बाहिरको अजिब संसार हाम्रो सामु उभिएको भान हुन्छ। साम्याबादीहरुको चरित्र भनेको ठुलो सानो बिच भेदभाब हुँदैन। कोहि सानो कोहि ठुलो पनि हुँदैन ! सम्मान अस्तित्व र हैसियत हुन्छ।

कोहि मानिसहरु मान सम्मानले पुरिने, कोहि मानिसहरु अपमानको भारीले थिचिने संस्कार कम्युनिज्महरुको धर्म भित्र पर्दैन।

तर नेपालका कम्युनिष्टहरुले देखाउने चर्तिकलाले विश्व कम्युनिष्ट आन्दोलन र विश्वप्रख्यात व्यक्तिहरुको खिल्ली उडाई रहेको भान हुन्छ।

यसरि कहिले रातो कार्पेटमा, कहिले पिर्के सलामीमा, त कहिले टेबुले सलामीमा देखिने स्थानीय जनप्रतिनिधिहरु राणाकालका जंगबहादुर भन्दा पनि अजंगको ब्यबहार देखाउन थालेका छन। यस्तो आत्मकेन्द्रित राजा महाराजाहरुको शैली गरिब जनताको नजरमा निरङ्कुश ब्यबहार भित्र पर्छन।

राजतन्त्रका मालिकहरुले उपभोग गर्ने व्यक्तिकेन्द्रित सलामी गणतन्त्रका प्रतिनिधिहरुले ग्रहण गर्न थालेपछि, गणतन्त्रको बदनामी भैरहेको छ। गणतन्त्र ल्याउन धेरै मानिसहरुको रगत बगेको छ। देशले ठुलो धनजनको क्षेती बेहोरेको छ। त्यसरी जनताको त्याग तपस्यालाई कुल्चेर उस्तै राजा महाराजाहरुको शैलीमा सलामी ग्रहण गर्न थालेपछि किन चाहियो नयाँ तन्त्र ?

यस्तै ब्यबहार र शैलीले जनता र जनप्रतिनिधिहरु बीचको सम्बन्ध र ब्यबहारको दुरी निकै टाढा पुग्ने देखिन्छ। जनप्रतिनिधिलाई जनताले फेरी बादशाहको रुपमा बुझ्नेछन। त्यसपछिको परिणाम पूर्व राजा ज्ञानेन्द्र बिरबिक्रम शहदेबको हबिगत हुने निश्चित छ। यस्ता ब्यबहार र आचरण गणतन्त्रका गहना होइनन, दुर्गन्ध हुन् । चेतना भया।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...