News Portal

कम्युनिस्ट सरकारले न हाँस्न दियो न रुन : कांग्रेस सभापति देउवा

हिमाली संचार संवाददाता
७५३ पटक

नन्दराम जैसी सुर्खेत, ६ भदौ : नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले नेपालमा अब कम्युनिस्ट शासन चाँडै अन्त्य हुने ठोकुवा गरेका छन्। दुई तिहाइको दम्भ देखाँउदै वर्तमान कम्युनिस्ट सरकार अधिनायकवादी बनेको भन्दै उनले नेपालमा अब कम्युनिस्ट शासन चाँडै अन्त्य हुने बताए।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित महाधिवेशन प्रतिनिधिका लागि कर्णाली प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम समापनमा शुक्रबार सुर्खेत पुगेका देउवाले यस्तो बताएका हुन्। उनले वर्तमान कम्युनिस्ट सरकार राणा शासनको भन्दा अधिनायकवादी बनेको तर्क गरेका छन् ।

‘२००७ सालबाट जनताको हीतका लागि लड्दैआएको कांग्रेसले नेपालमा राणा शासनदेखि पञ्चायत हुँदै राज्य व्यवस्था हटायो तर जनताको विश्वास गुमाइसकेका नेपालका कम्युनिस्ट हटाउन धेरै कुर्नुपर्ने छैन। वर्तमान सरकारले राणा शासनभन्दा अधिक बनेर जनतालाई हाँस्न र रुन पनि नदिएको उनको आरोप छ।

‘वर्तमान कम्युनिस्ट सरकारले जनतालाई स्वतन्त्रपूर्वक बोल्न र लेख्न पनि दिएको छैन, भष्टाचार, हिंसाजस्ता ठूला अपराधमा मुछिँदैआएको छ। अब कांग्रेसको अन्तिम लडाईँ भनेकै नेपालमा कम्युनिस्ट शासनको अन्त्य गर्नु हो,’ देउवाले भने।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका दर्जनौँ केन्द्रीय शिर्ष नेतादेखि कर्णाली प्रदेशका महाधिवेशन प्रतिनिधि लगायत कांग्रेस नेताहरुको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...