News Portal

परिक्षा केन्द्र सञ्चालनको लागि परिक्षा नियन्त्रणको टोलिद्धारा अनुगमण

हिमाली संचार संवाददाता
६०३ पटक

दुर्गा वि.सी./सल्यान : बनगाड क्याम्पस बनगाड सल्यान र सुर्खेत सिम्ता क्याम्पस सुर्खेतमा स्नातक परीक्षाको केन्द्र सञ्चालनका विषयमा परिक्षा नियन्त्रण कार्यालयको टोलिले दुवै क्याम्पसको अनुगमन गरेको छ। परिक्षा नियन्त्रण कार्यालय काठमाण्डौ र क्षेत्रिय परिक्षा नियन्त्रण कार्यालयको टोलिले संयुक्त रुपमा दुवै क्याम्पसको अनुगमण गरिएको छ।

परिक्षा केन्द्र टाढा हुदाँ बनगाड क्षेत्रका उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरु मर्कामा परेका छन्। कति विवहाहित वुहारिहरुको भने पढ्ने इच्छा हुदै हुदै समेत परिक्षा दिन टाढा जानु पर्ने भएकाले वच्चासँग परिक्षा दिन ग्राहो हुने भएकोले पढन नसकेको जनाउने गरेका छन् । पढ्ने इच्छा र चाहान हुदाँ समेत कतिपय परिक्षा केन्द्र कुपाएक भएकै कारण भर्ना हुन नमानेको क्याम्पस प्रमुख गणेश चन्दले वताउँनु भएको छ।

परिक्षा नियन्त्रण कार्यालय काठमाण्डौबाट अनुगमणको लागि क्याम्पस पुगेका सहायक परिक्षा नियन्त्रक विष्णु वाग्ले,पशुपति अधिकारि र क्षेत्रिय परिक्षा नियन्त्रक तिर्थराज अधिकारिसँग क्याम्पस व्यवस्थापन समिती, जनप्रतिनीधि र अभिभावक तथा सरोकारवाला निकायले विद्यार्थीको परिक्षा केन्द्र कुपायकका विषमा दुखेसो पोखेका थिए।

पढ्ने इच्छा हुदाँ हुदै समेत वाध्यताले कतिले उच्चशिक्षा हासिल गर्न नसकेको जनाएको छ। बनगाड क्षेत्रबाट परिक्षा दिन विद्यार्थी सल्यान खलंगा जानुपर्ने वाध्यता छ । पैसा खर्चसँगै जाने आउने समस्याका कारण धेरै भर्ना हुना नचाहेको वुझिन्छ। प्लस टु पास भएपछि विद्यार्थी माथिल्लो संकाय भर्ना नभई घरमै सर्टिफिकेट थन्काएर वसेको वडाध्यक्ष पुरुषोतम आचार्यको भनाई छ।

बनगाड क्याम्पस बनगाडका क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष गणेश वि.सीले विद्यार्थीलाई परिक्षा दिने स्थान टाढा भएकोले पढाई खर्च भन्दा जानेवाउने आर्थिक भार र बाटोको भौगलिक विकटता,भनेको वेला यातायातको सुविधा जस्ता समस्या दर्शाउनु भएको थियो। धेरै विद्यार्थीको परिक्षा समेत छुट्ने गरेको उहाँको दुखेसो छ।

भर्ना हुने परिक्षा सेन्टरकै कारणले परिक्षा दिन नजानेको गरेको देखिन्छ तर अनुगमण टोलिले भने परिक्षा नयन्त्रण कार्यालयको मापदण्ड अनुसार सेन्टर दिन सकिने जनाएको छ। सेन्टर दिएकै कारण धेरै आर्थिक भार पर्ने भएकाले यस तर्फ सजग रहन क्याम्पस पदाधिकारि तथा सरोकारवाला निकायलाई परिक्षा केन्द्र सञ्चालनका लागि अनुगमणमा आएको टोलिले जानकारि गराएको छ।

बन्गाड क्याम्पसको परिक्षा केन्द्र सल्यान खलंगा र सुर्खेत सिम्ता क्याम्पसको परिक्षा केन्द्र भने गुर्भाकोट नगरपालिका सुर्खेतमा सञ्चालन हुदै आएको छ। दुवै क्याम्पसको परिक्षा केन्द्र पायक परेकोले परिक्षा केन्द्र पायक पर्ने स्थानमा राखिदिन माग भएको छ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...