News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • भ्रष्टाचार आरोपमा भारतका पूर्वअर्थमन्त्री चितम्बरम पक्राउ

    हिमाली संचार संवाददाता
    ५९८ पटक

    एजेन्सी : भारतका पूर्वअर्थमन्त्री पी. चितम्बरम भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई)को टोलीले चितम्बरमलाई उनकै घरबाट पक्राउ गरेको हो। ऊनलाई बिहीबार अदालतमा उपस्थित गराइने छ। उनलाई १४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिने तयारी छ।

    आईएनएक्स मिडियासँग सम्बन्धित भ्रष्टाचारका अभियुक्त चितम्बरमले अगि्रम जमानतको याचिका दिल्ली हाई कोर्टसमक्ष गरेका थिए, तर त्यो खारेज भएपछि सीबीआईले पक्रेको हो।

    मिडिया कम्पनी आईएनएक्सलाई फाइदा हुने गरी विदेशी लगानी स्वीकृत गर्ने विभाग फरेन इन्भेष्टमेन्ट प्रमोशन बोर्ड (एफआईपीबी)मार्फत् अनियमितता गरेको आरोप चितम्बरमलाई लागेको छ । उक्त मिडिया कम्पनीलाई विदेशी लगानीको स्वीकृति दिँदा चितम्बरम अर्थमन्त्री थिए।

    मंगलबारदेखि उनी सम्पर्कमा थिएनन्। तर बुधबार साँझ स्थानीय समयअनुसार सवा आठ बजे कांग्रेस कार्यालयमा पुगेर उनले पत्रकार सम्मेलन गरेका थिए। पत्रकार सम्मेलनमा उनले आफूमाथि लागेको भ्रष्टाचारको आरोप सही नभएको दाबी गरे।

    उनले आफू नभागेको बरु आफ्नै हितको रक्षाका लागि कानुनको शरणमा गएको पनि बताएका थिए। ऊनले भने, म मेरो वकिलसँग बसेर आफ्ना कागजात तयार पार्दै थिएँ तर मलाई लुकेर बसेको भने आरोप लगाइयो। सत्य त के हो भने मैले कानुनसँग सुरक्षा मागिरहेको थिएँ।

    यद्यपि उनको पत्रकार सम्मेलनमा सीबीआईको टोली पुगे पनि त्यहाँबाट पक्राउ गरेन। पत्रकार सम्मेलनपछि उनी जोरबागस्थित आफ्नो घर फर्किएका थिए। उनी घर पुगेको केही मिनेटमै सीबीआईको टोली पनि त्यहाँ पुग्यो तर, चितम्बरमको घरको ढोका खुलेन।

    टेलिभजन च्यानलहरुबाट प्रसारण गरिएको भिडियोमा ढोका फोडेर सीबीआईको टोली घरभित्र प्रवेश गरेको देखिन्छ। त्यसपछि सुरक्षाका लागि दिल्ली प्रहरीलाई पनि बोलाइयो। केहीबेरमा चितम्बरमका कार्यकर्ताहरु घरबाहिर भेला भएर सरकार र प्रहरीविरुद्ध नाराबाजी सुरु गरे।

    यसअघि सीबीआईको टोली मंगलबारै उनको घरमा पुगेको थियो, तर उनी फेला नपरेपछि पूर्जी छाडेर हिँडेको थियो। सीबीआईले भनेको थियो, हामी चितम्बरमलाई पक्राउ गर्न खोजिरहेका छौं, तर उनी फेला परिरहेका छैनन्।

    जबकी कांग्रेस कार्यालयमा पत्रकार सम्मेलन गर्दा सीबीआईको टोली पनि त्यहीँ थियो तर गिरफ्तार गरेन। चितम्बरम घर आएपछि मात्र सीबीआईले नियन्त्रणमा लियो र सीबीआई मुख्यालयमा लगियो। यस कार्यलाई ‘सीबीआईको भयंकर नाटक’ भनेर मिडियाहरुले टिप्पणी गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    आरआर क्याम्पसमा तोडफोड : नेविसंघका १९ जना कार्यकर्तामाथि पक्राउ पुर्जी जारी

    काठमाडौं, वैशाख २६ – प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा केही दिनअघि भएको तोडफोड घटनामा संलग्न रहेको...

    श्वेतपत्रले खोल्यो विद्युत् प्राधिकरणको वास्तविक अवस्था : मन्त्री दीपक खड्का

    काठमाडौं, वैशाख २६ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको आर्थिक तथा प्रशासनिक...

    महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न सर्वोच्चद्वारा बाटो खुला, अब एनआरएनएमा एक जना मात्र अध्यक्ष

    काठमाडौं, वैशाख २६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट सर्वसम्मतिले निर्वाचित अध्यक्ष महेश...

    आरआर क्याम्पसको स्ववियुमा सर्वसम्मतिको प्रयासले नेविसंघमा खैलाबैला, सात जना नेतामाथि कडा कारबाही

    काठमाडौं, वैशाख२६ – रत्नराज्य (आरआर) क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनलाई लिएर नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघभित्र...

    सुनको मूल्यमा ठूलो गिरावट, चाँदीमा सामान्य वृद्धि

    काठमाडौं, वैशाख २६ – नेपाली सुन बजारमा आज शुक्रबार ठुलो गिरावट देखिएको छ। नेपाल सुनचाँदी...