News Portal

घरेलु महिला कामदारको पुनः श्रम स्वीकृति

हिमाली संचार संवाददाता
६८७ पटक

काठमाडौं, ५ भदौ : अब घरेलु कामदारले पुनः श्रम स्वीकृति पाउने भएका छन्। घरेलु कामदरका रुपमा प्रायः जसो नेपालबाट महिलाहरु नै विदेश पुग्छन्। बुधबार बसेको संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले केही शर्त पुरा गर्ने घरेलु कामदारलाई नेपाल आएर विदेश फर्किन बाटो खुला गर्ने निर्णय गरेको हो।

तर, नयाँ घरेलु महिला कामदारमाथिको रोक भने कायमै रहनेछ। समिति सदस्य तथा कांग्रेस सांसद प्रकाश रसाइली ‘स्नेही’ले मालिक तथा रोजगारदाताबाट सम्बन्धित महिला कामदारले ‘सुरक्षित’ रहेको स्वघोषणा पत्र र सोही देशको दूतावासले पनि श्रम इजाजत नवीकरण गर्न सकिने ब्यहोरा जानकारी गराएको अवस्थामा श्रम इजाजत नवीकरण गर्न दिने गरी निर्णय गरेको जानकारी दिए।

हालसम्म संसदीय समितिको निर्देशनकै कारण महिला घरेलु कामदारलाई विदेश जान प्रतिवन्ध लागेको छ। अब विदेशमा घरेलु महिला कामदारका रुपमा गएर फर्किनेले पनि तोएकिो कागजात र प्रक्रिया पुरा गरे सरकारबाट पुनः श्रम स्वीकृति पाउने रसाइलीले बताए।

यसअघि राष्ट्रिय मानवअधिकार आयोगले पनि घरेलु कामदारलाई रोक्ने संसदीय समितिको निर्णय ‘औचित्यहीन’ भएको जनाएको थियो।

३ वर्षअघि तत्कालीन व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले सम्बन्धित मुलुकमा घरेलु कामदारसम्बन्धी ठोस कानून नबन्दा वा नेपालले सो देशसँग श्रम सम्झौता नगर्दासम्म घरेलु कामदार पठाउन बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो।

यसपछि नयाँ घरेलु कामदार जान र काम गरेर विदेशबाट फर्किएपछि पुनः सोही रोजगारदाताकोमा काम गर्न जान पनि रोक लगाइएको थियो। यो व्यवस्थाका कारण राम्रो रोजगारी माया मार्न नसकेर करिब डेढ लाख महिला घरेलु कामदार स्वदेश फर्किन नपाएको अनुमान छ।

यसका कारण विदशेमै नेपाली घरेलु कामदार बन्दी जस्तो जीवन बिताइरहेका थिए। अब समितिले सरकारलाई निर्देशन दिएपछि श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागलाई घरेलु कामदारको पुनः श्रम स्वीकृति खोल्न निर्देशन दिनेछ। त्यसलगत्तै काम छोड्न नचाहेका नेपाली घरेलु कामदार नेपाल फर्किन पाउनेछन् ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...