News Portal

  • राममणीलाई भेट्न अस्पताल पुगिन् पूर्वसभामुख घर्ती

    हिमाली संचार संवाददाता
    ६५५ पटक

    बाँके, ४ भदौ : व्यवस्थापिका संसदको पूर्व सभामुखमा ओनसरी घर्तीले तत्कालिन नेकपा माओवादी केन्द्रका अग्रज नेता एंव पूर्व शिक्षक राममणी शर्माको उपचारमा कुनै पनि कसुर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएकी छन् ।

    स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भेरी अस्पतालमा भर्ना भएका शर्मालाई भेट्न बुधबार अस्पतालमै पुगेकी पूर्व सभामुख घर्तीले उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनलाई यस्तो निर्देशन दिएकी हुन् ।

    उपचारमा संलग्न डा.राजन पाण्डे, अस्पतालका मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठसँग शर्माको पछिल्लो स्वास्थ्य अवस्थाबारे घर्तीले जानकारी लिएकी छन्। यसक्रममा उनीहरुले शर्माको स्वास्थ्यमा सुधार आइरहेको बताएको अस्पतालले जनाएको छ ।

    पूर्वसभामुख घर्तीसँगै प्रदेश सांसद कृष्णा केसी ‘नमुना’को पनि सहभागीता थियो। सांसद नमुनाले उपचारार्थ अग्रज नेता शर्माको स्वास्थ्य लाभको कामना गरेकी छन्। अचानक स्वास्थ्यमा समस्या देखिएपछि तत्कालिन नेकपा माओवादीका अग्रज शर्मालाई अस्पताल भर्ना गरिएको छ। केही दिनदेखि अस्वस्थ भएका शर्मालाई सोमबार साँझ नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।

    बर्दिया भुरिगाउँ निवासी ७२ बर्षिय शर्माको आईसियुमा राखेर उपचार भइरहेको उपचारमा संलग्न डाक्टर राजन पाण्डेले बताए । ‘उहाँलाई निमोनिया संक्रमण देखिएको छ,’ डाक्टर पाण्डेले भने, ‘हामीले आईसियूमै राखेर उपचार गरिरहेका छौं ।

    डा.पाण्डेले अहिले उहाँको स्वास्थ्यमा निकै सुधार आइसकेको बताएका छन्। उनकाअनुसार बुधबार पनि आइसीयूमा राखेर औषधि चलाइएको छ। शर्मालाई निमोनिया र दमको समस्या देखिएको चिकित्सक बताउँछन् । डाक्टर पाण्डेकाअनुसार सोमबार र मंगलबारको तुलनामा बुधबार शर्माको स्वास्थ्यमा सुधार आएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

    कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११...

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...