News Portal

राममणीलाई भेट्न अस्पताल पुगिन् पूर्वसभामुख घर्ती

हिमाली संचार संवाददाता
७४८ पटक

बाँके, ४ भदौ : व्यवस्थापिका संसदको पूर्व सभामुखमा ओनसरी घर्तीले तत्कालिन नेकपा माओवादी केन्द्रका अग्रज नेता एंव पूर्व शिक्षक राममणी शर्माको उपचारमा कुनै पनि कसुर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएकी छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भेरी अस्पतालमा भर्ना भएका शर्मालाई भेट्न बुधबार अस्पतालमै पुगेकी पूर्व सभामुख घर्तीले उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनलाई यस्तो निर्देशन दिएकी हुन् ।

उपचारमा संलग्न डा.राजन पाण्डे, अस्पतालका मेट्रोन दुर्गालक्ष्मी श्रेष्ठसँग शर्माको पछिल्लो स्वास्थ्य अवस्थाबारे घर्तीले जानकारी लिएकी छन्। यसक्रममा उनीहरुले शर्माको स्वास्थ्यमा सुधार आइरहेको बताएको अस्पतालले जनाएको छ ।

पूर्वसभामुख घर्तीसँगै प्रदेश सांसद कृष्णा केसी ‘नमुना’को पनि सहभागीता थियो। सांसद नमुनाले उपचारार्थ अग्रज नेता शर्माको स्वास्थ्य लाभको कामना गरेकी छन्। अचानक स्वास्थ्यमा समस्या देखिएपछि तत्कालिन नेकपा माओवादीका अग्रज शर्मालाई अस्पताल भर्ना गरिएको छ। केही दिनदेखि अस्वस्थ भएका शर्मालाई सोमबार साँझ नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।

बर्दिया भुरिगाउँ निवासी ७२ बर्षिय शर्माको आईसियुमा राखेर उपचार भइरहेको उपचारमा संलग्न डाक्टर राजन पाण्डेले बताए । ‘उहाँलाई निमोनिया संक्रमण देखिएको छ,’ डाक्टर पाण्डेले भने, ‘हामीले आईसियूमै राखेर उपचार गरिरहेका छौं ।

डा.पाण्डेले अहिले उहाँको स्वास्थ्यमा निकै सुधार आइसकेको बताएका छन्। उनकाअनुसार बुधबार पनि आइसीयूमा राखेर औषधि चलाइएको छ। शर्मालाई निमोनिया र दमको समस्या देखिएको चिकित्सक बताउँछन् । डाक्टर पाण्डेकाअनुसार सोमबार र मंगलबारको तुलनामा बुधबार शर्माको स्वास्थ्यमा सुधार आएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...