News Portal

धादिङकाे बेनिघाट गाउँपालिकामा झुक्याएर नागरिकता लिने दुई पक्राउ

हिमाली संचार संवाददाता
४७३ पटक

धादिङ – बेनिघाट रोराङ गाउँपालिका-१० ओप्राङ का (साविकको जोगीमारा गाविस-५) बुद्धिबहादुर प्रजा र अर्का एकजना झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका छन् ।

सुकदेउ प्रजा र हिरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धिबहादुर प्रजाले आफ्नो सहोदर भाइ बनाएर अर्कै व्यक्तिलाई प्रेम बहादुर प्रजाको नाममा नागरिकता दिलाएको आरोपमा जिल्ला प्रहरी कार्यलय धादिङले उनीहरुलाई पक्राउ गरेको हो ।

नागरिकता बनाउनको लागि अनिवार्य रुपमा वडा कार्यलयबाट त्यही वडावासी भएको सिफारिस लिनुपर्ने हुन्छ । आफू नभएको बेलामा कर्मचारीले सिफारिस बनाइदिएको र सही गर्ने बेलामा शंका लागेर सोध्दा स्थानीयले समेत बुद्धिबहादुरको भाइ हो भन्ने बताइदिएपछि आफूले नागरिकताको सिफारिस दिएको बेनिघाट रोराङ १० का वडाअध्यक्ष अम्बरबहादुर गुरुङले बताए । उनले भने, ‘सिफारिस दिने बेलामा नै शंका लागेर सोधपुछ गरिएको त थियो, स्थानीयले पनि हो भनिदिएपछि भाइ हो भन्ने लागेर सिफारिस पनि दिइयो, पछि वडा सदस्यलाई गाउँमा बुझ्न पठाउँदा झुटा विवरण दिएको थाहा भयो ।’

चेपाङले के ढाट्लान भन्ने लागेर शंका लाग्दै लाग्दै सिफारिस दिएपनि झुटा विवरण दिएर नागरिकताको सिफारिस लिएको थाहा पाएलगत्तै गाउँपालिकालाई जानकारी गराएर जिल्ला प्रशासन कार्यलयमा आफैले निवेदन दिएको वडाध्यक्ष गुरुङले बताए ।

बुद्धिबहादुरसँगै पक्राउ परेका अर्का व्यक्तिको वास्तविक ठेगाना खुल्न सकेको छैन। धादिङका प्रहरी प्रमुख राजकुमार बैदरवारले भने, प्रारम्भिक अनुसन्धानमा भारतीय नागरिक भन्ने कुरा आएको छ, पक्राउ परेका व्यक्तिको वास्तविक ठेगाना खुलेको छैन, हामी अनुसन्धानमै छौं ।’

पक्राउ परेकाबाट नागरिकता र कागजात किर्ते सम्बन्धी मुद्धामा अनुसन्धान सुरु गरिएको र यस घटनासँग जोडिएका सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याइने धादिङ प्रहरी प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए ।

अनुसन्धान सकिएपछि बेनिघाट रोराङ १० का प्रेमबहादुर चेपाङको नाममा जारी भएको नागरिकता खारेज गरिने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए । ‘वडाध्यक्षलाई झुक्याएर नागरिकता लिएको रहेछ, हामीकहाँ वडाध्यक्षले नै आफूलाई झुक्याएर सिफारिस लिएको भन्ने निवेदन दिनुभएको छ, ‘पाण्डेले भने, ‘झुक्याएर नागरिकता लिनेलाई कानुनअनुसार कारबाही गरिन्छ ।’

बेनिघाट रोराङ गाउँपालिकाका स्थानीयले वडाध्यक्षकै मिलेमतोमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाइएको भन्दै निस्पक्ष छानविन गर्न माग गरेका छन् । नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘पहिले पैसामा बिकेर गुपचुप रुपमा भारतीयलाई नागरिकता दिइयो, अहिले घटना सार्वजनिक भएपछि झुक्याएको भनेका छन्, सबैलाई नियन्त्रणमा लिएर घटनाको निस्पक्ष छानविन हुनुपर्दछ ।’

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...