News Portal

  • धादिङकाे बेनिघाट गाउँपालिकामा झुक्याएर नागरिकता लिने दुई पक्राउ

    हिमाली संचार संवाददाता
    ३९६ पटक

    धादिङ – बेनिघाट रोराङ गाउँपालिका-१० ओप्राङ का (साविकको जोगीमारा गाविस-५) बुद्धिबहादुर प्रजा र अर्का एकजना झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका छन् ।

    सुकदेउ प्रजा र हिरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धिबहादुर प्रजाले आफ्नो सहोदर भाइ बनाएर अर्कै व्यक्तिलाई प्रेम बहादुर प्रजाको नाममा नागरिकता दिलाएको आरोपमा जिल्ला प्रहरी कार्यलय धादिङले उनीहरुलाई पक्राउ गरेको हो ।

    नागरिकता बनाउनको लागि अनिवार्य रुपमा वडा कार्यलयबाट त्यही वडावासी भएको सिफारिस लिनुपर्ने हुन्छ । आफू नभएको बेलामा कर्मचारीले सिफारिस बनाइदिएको र सही गर्ने बेलामा शंका लागेर सोध्दा स्थानीयले समेत बुद्धिबहादुरको भाइ हो भन्ने बताइदिएपछि आफूले नागरिकताको सिफारिस दिएको बेनिघाट रोराङ १० का वडाअध्यक्ष अम्बरबहादुर गुरुङले बताए । उनले भने, ‘सिफारिस दिने बेलामा नै शंका लागेर सोधपुछ गरिएको त थियो, स्थानीयले पनि हो भनिदिएपछि भाइ हो भन्ने लागेर सिफारिस पनि दिइयो, पछि वडा सदस्यलाई गाउँमा बुझ्न पठाउँदा झुटा विवरण दिएको थाहा भयो ।’

    चेपाङले के ढाट्लान भन्ने लागेर शंका लाग्दै लाग्दै सिफारिस दिएपनि झुटा विवरण दिएर नागरिकताको सिफारिस लिएको थाहा पाएलगत्तै गाउँपालिकालाई जानकारी गराएर जिल्ला प्रशासन कार्यलयमा आफैले निवेदन दिएको वडाध्यक्ष गुरुङले बताए ।

    बुद्धिबहादुरसँगै पक्राउ परेका अर्का व्यक्तिको वास्तविक ठेगाना खुल्न सकेको छैन। धादिङका प्रहरी प्रमुख राजकुमार बैदरवारले भने, प्रारम्भिक अनुसन्धानमा भारतीय नागरिक भन्ने कुरा आएको छ, पक्राउ परेका व्यक्तिको वास्तविक ठेगाना खुलेको छैन, हामी अनुसन्धानमै छौं ।’

    पक्राउ परेकाबाट नागरिकता र कागजात किर्ते सम्बन्धी मुद्धामा अनुसन्धान सुरु गरिएको र यस घटनासँग जोडिएका सबै पक्षलाई अनुसन्धानको दायरामा ल्याइने धादिङ प्रहरी प्रवक्ता डिएसपी रुपक खड्काले जानकारी दिए ।

    अनुसन्धान सकिएपछि बेनिघाट रोराङ १० का प्रेमबहादुर चेपाङको नाममा जारी भएको नागरिकता खारेज गरिने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए । ‘वडाध्यक्षलाई झुक्याएर नागरिकता लिएको रहेछ, हामीकहाँ वडाध्यक्षले नै आफूलाई झुक्याएर सिफारिस लिएको भन्ने निवेदन दिनुभएको छ, ‘पाण्डेले भने, ‘झुक्याएर नागरिकता लिनेलाई कानुनअनुसार कारबाही गरिन्छ ।’

    बेनिघाट रोराङ गाउँपालिकाका स्थानीयले वडाध्यक्षकै मिलेमतोमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाइएको भन्दै निस्पक्ष छानविन गर्न माग गरेका छन् । नाम उल्लेख नगर्ने सर्तमा एक स्थानीयले भने, ‘पहिले पैसामा बिकेर गुपचुप रुपमा भारतीयलाई नागरिकता दिइयो, अहिले घटना सार्वजनिक भएपछि झुक्याएको भनेका छन्, सबैलाई नियन्त्रणमा लिएर घटनाको निस्पक्ष छानविन हुनुपर्दछ ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी प्रदर्शनमा प्रहरीले प्रयोग गर्यो ६५ सय भन्दा बढी गोली र ८ हजार सेल अश्रुग्याँस

    काठमाडौँ, असोज १२ – भदौ २३–२४ मा भएको जेनजी प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले ठूलो संख्यामा...

    पूर्वराजा ज्ञानेन्द्रले यसपालि टीका नलगाइदिने

    काठमाडौं, असोज १२ – राष्ट्र शोक र विध्वंशको अवस्थामै रहेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले यस...

    रास्वपा नेतृ तोसिमा कार्कीको संस्थापनलाई कडा चुनौती

    काठमाडौं, असोज १२ – रास्वपा नेतृ तथा पूर्वराज्यमन्त्री डा. तोसिमा कार्कीले पार्टीभित्रको संस्थापन पक्षलाई कडा...

    आज २०८२ साल असोज १२ गतेको राशिफल

    आज असोज १२, २०८२ (सेप्टेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज ११ गतेको राशिफल

    आज असोज ११, २०८२ (सेप्टेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...