News Portal

  • पश्चिम सल्यानमा टेलिफोनमा पनि लोडसेडिङ, दैनिक १० घण्टा मात्र सेवा

    हिमाली संचार संवाददाता
    ६२९ पटक

    इन्द्र बुुुुढाथोकी/सल्यान, ४ भदौ : सल्यान पश्चिममा रहेको बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र सल्लीबजारमा पनि टेलीफोनको लोडसेडिङ हुने गरेको छ। नगरपालिकाको वडा न. ४ तारुपारेमा रहेको स्काइ टावरमा खराबी आउँदा यस्तो समस्या आएको छ।

    बिगत १० वर्ष देखि उक्त टावरमा खराबी आउँदा सल्लीबजार सहित बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका केही क्षेत्र, शिद्धकुमाख गाउँपालिकाको केही क्षेत्र र सुर्खेत सिम्ता गाउपालिका सहित अन्य स्थानका बासिन्दा संचार क्षेत्रबाट बन्चित भएका छन ।

    २०६६ सालमा निर्माण भएको उक्त टावर अहिलेसम्म सोलारको भरमा चलिरहेको छ। टावर संचालन गर्न ६५ वाटका ३६ वटा सोलार रहेका छन। निर्माण भएको समयमा ६ महिना सम्म २४ घण्टा राम्रोसँग चले पनि त्यस यता सोलारको ब्याट्रीमा आएको समस्याले अहिले दैनिक १०/१२ घण्टा सम्म मात्र टावर सन्चालन हुँदै आएको छ ।

    वर्ष भरी नै टावरमा समस्या आउँदा र सोलारका ब्याट्री चार्ज नहुने भएकाले मुस्किलले दैनिक बिहान ८ बजेदेखि साझ ६ बजेसम्म १० घन्टा टावर सन्चालन हुने टावर सन्चालक शेर बहादुर पुनले जानकारी दिनुभयो।

    पुनले भने आफुले २४ सै घन्टा टावर सन्चालन गर्न र टावर तथा सोलारका पाता संरक्षणका लागि वरिपरिको स्थान सुरक्षिति गर्ने गरेको र क्षमता विस्तार गर्ने पटकपटक नेपाल टेलिकमप केन्द्रिय कार्यालय काठमाडौमा अनुरोध गरे पनि यहाँका स्थानियका सम्बन्धित निकायले कुनै चासो नदिंदा यस्तो समस्या आएको बताउनुभयो ।

    २४ घन्टामा दैनिक १० घन्टा मात्र टावर सन्चालन हुदा एक ठाउँबाट अर्को ठाउमा सूचना पठाउन/पाउन निकै समस्या हुनुको साथै इन्टरनेट चलाउन निकै अफ्ठ्यारो भएको स्थानियले गुुुनासो गरेेेेका छन ।

    साथै यो टावर सगै बनगाड कुपिण्डे नगरपालिका ५ लाटुगैरेमा रहेको टावर, बनगाड कुपिण्डे नपा ११ माझकाडामा रहेको टावर , सुर्खेतको सिम्ता काप्रिचौरमा रहेको नेपाल टेलिकमको जिएसएम, गुमिचुलीमा रहेको स्काई टावर र सल्यान तारुपरे डाँडामा रहेको स्काइ टावरका सामाग्री सोलार प्यानलबाट चार्ज हुने भएकोले वादलका कारण चार्ज कम हुने भएकोले २४ सै घण्टा पावर क्षमता धान्न नसक्ने नेपाल टेलिकमले जनाएको छ ।

    यी सबै टावर सोलारबाट संचालन हुँदै आइरहेका छन । जसले गर्दा बनगाड कुपिण्डे नगरपालिका केन्द्र सल्लीबजार र सिम्ता गाउँपालिकाको केन्द्र जामुने बजारमा घाम लागेको बेला मात्रै टेलीफोन सुचारु हुने गरेको छ ।

    देवस्थलमाको राता डाडामा वन्दै गरेको जिएसएमको टावरको काम पनि सुस्त गतिमा भैरहेको छ। त्यो जिएसएमको टावर केहि महिना भित्रै सुचारु भएमा नगरको केन्द्र सल्लिबजारका नागरिकको वर्षेनी फोनको पिरोलो निराकरण भए पनि ग्रामीणबस्ती स्तरका नागरिक भने सधै फोनबाट बन्चित हुनेछन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २० गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतको अमान एक्सचेन्जबाट नेपाल पैसा पठाउँदा भाग्यशाली विजेतालाई १ लाख बम्पर पुरस्कार !

    कमल सिंह ठकुरी कुवेत। कुवेतको बहुप्रतिठित करेन्सी एक्सचेन्ज कम्पनी अमान एक्सचेन्जबाट नेपालको सिटी एक्सप्रेस मनी...

    हाम्रो पात्रोले सुरु गर्‍यो दर्ता प्रक्रिया, मेटालाई पठाइयो आवश्यक विवरण

    काठमाडौं, भदौ १९ – नेपालमा दर्ता नभएका कारण सरकारले निष्क्रिय सूचीमा राखेका एप्समध्ये ‘हाम्रो पात्रो’...

    फेसबुक, ट्वीटर, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं, १९ भदौ – सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युब लगायत २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध...

    शान्त छिमेकका लागि प्रहरीको सिफारिस: सिट्ठी र फ्लस गर्दा आवाज कम गर्नुहोस्

    काठमाडौँ, भदौ १९ – काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले आम नागरिकसँग विशेष अनुरोध...