News Portal

पश्चिम सल्यानमा टेलिफोनमा पनि लोडसेडिङ, दैनिक १० घण्टा मात्र सेवा

हिमाली संचार संवाददाता
७६५ पटक

इन्द्र बुुुुढाथोकी/सल्यान, ४ भदौ : सल्यान पश्चिममा रहेको बनगाड कुपिण्डे नगरपालिकाको केन्द्र सल्लीबजारमा पनि टेलीफोनको लोडसेडिङ हुने गरेको छ। नगरपालिकाको वडा न. ४ तारुपारेमा रहेको स्काइ टावरमा खराबी आउँदा यस्तो समस्या आएको छ।

बिगत १० वर्ष देखि उक्त टावरमा खराबी आउँदा सल्लीबजार सहित बनगाड कुपिण्डे नगरपालिका, कुमाख गाउँपालिका केही क्षेत्र, शिद्धकुमाख गाउँपालिकाको केही क्षेत्र र सुर्खेत सिम्ता गाउपालिका सहित अन्य स्थानका बासिन्दा संचार क्षेत्रबाट बन्चित भएका छन ।

२०६६ सालमा निर्माण भएको उक्त टावर अहिलेसम्म सोलारको भरमा चलिरहेको छ। टावर संचालन गर्न ६५ वाटका ३६ वटा सोलार रहेका छन। निर्माण भएको समयमा ६ महिना सम्म २४ घण्टा राम्रोसँग चले पनि त्यस यता सोलारको ब्याट्रीमा आएको समस्याले अहिले दैनिक १०/१२ घण्टा सम्म मात्र टावर सन्चालन हुँदै आएको छ ।

वर्ष भरी नै टावरमा समस्या आउँदा र सोलारका ब्याट्री चार्ज नहुने भएकाले मुस्किलले दैनिक बिहान ८ बजेदेखि साझ ६ बजेसम्म १० घन्टा टावर सन्चालन हुने टावर सन्चालक शेर बहादुर पुनले जानकारी दिनुभयो।

पुनले भने आफुले २४ सै घन्टा टावर सन्चालन गर्न र टावर तथा सोलारका पाता संरक्षणका लागि वरिपरिको स्थान सुरक्षिति गर्ने गरेको र क्षमता विस्तार गर्ने पटकपटक नेपाल टेलिकमप केन्द्रिय कार्यालय काठमाडौमा अनुरोध गरे पनि यहाँका स्थानियका सम्बन्धित निकायले कुनै चासो नदिंदा यस्तो समस्या आएको बताउनुभयो ।

२४ घन्टामा दैनिक १० घन्टा मात्र टावर सन्चालन हुदा एक ठाउँबाट अर्को ठाउमा सूचना पठाउन/पाउन निकै समस्या हुनुको साथै इन्टरनेट चलाउन निकै अफ्ठ्यारो भएको स्थानियले गुुुनासो गरेेेेका छन ।

साथै यो टावर सगै बनगाड कुपिण्डे नगरपालिका ५ लाटुगैरेमा रहेको टावर, बनगाड कुपिण्डे नपा ११ माझकाडामा रहेको टावर , सुर्खेतको सिम्ता काप्रिचौरमा रहेको नेपाल टेलिकमको जिएसएम, गुमिचुलीमा रहेको स्काई टावर र सल्यान तारुपरे डाँडामा रहेको स्काइ टावरका सामाग्री सोलार प्यानलबाट चार्ज हुने भएकोले वादलका कारण चार्ज कम हुने भएकोले २४ सै घण्टा पावर क्षमता धान्न नसक्ने नेपाल टेलिकमले जनाएको छ ।

यी सबै टावर सोलारबाट संचालन हुँदै आइरहेका छन । जसले गर्दा बनगाड कुपिण्डे नगरपालिका केन्द्र सल्लीबजार र सिम्ता गाउँपालिकाको केन्द्र जामुने बजारमा घाम लागेको बेला मात्रै टेलीफोन सुचारु हुने गरेको छ ।

देवस्थलमाको राता डाडामा वन्दै गरेको जिएसएमको टावरको काम पनि सुस्त गतिमा भैरहेको छ। त्यो जिएसएमको टावर केहि महिना भित्रै सुचारु भएमा नगरको केन्द्र सल्लिबजारका नागरिकको वर्षेनी फोनको पिरोलो निराकरण भए पनि ग्रामीणबस्ती स्तरका नागरिक भने सधै फोनबाट बन्चित हुनेछन।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...