News Portal

सिम्ता गाउँपालिकाका २ इञ्जिनियरसहित ५ जना विरुद्व अख्तियारले मुद्वा दायर गर्यो

हिमाली संचार संवाददाता
१०३५ पटक

सुर्खेत, ४ भदौ : सुर्खेतको सिम्ता गाउँपालिकाका सिभिल सबइञ्जिनियर शिवशंकर पोख्रेलसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर नविन शर्मा, देउली सिर्पा’काफलकोट हुँदै जितेजुवा जोड्ने सडक उपभोक्ता समितिका अध्यक्ष भुवान सिंह ठकुरी, कोषाध्यक्ष टिगा वली र सचिव नन्द सिंह ठकुरीविरुद्ध दायर गरेको हाे।

उनीहरुले सडक निर्माणमा बदनियतपूर्वक ट्रयाक ओपनिङ्गमा नभएको कामको परिमाण देखाउने तथा बढी मूल्य पर्ने वस्तुमा बढी परिमाण गरेको देखाई कार्य सम्पन्न प्रतिवेदन तयार गरी पेश गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।

गलत प्रतिवेदन पेश ४ लाख ५६ हजार बढी भुक्तानी दिई भ्रष्टाचार गरेका अख्तियारको आरोप पत्रमा उल्लेख छ। उनीहरु विगो बमोजिम असुल उपर गरी भ्रष्टाचार निवारण ऐन बमोजिम सजायको मागदाबी सहित मुद्दा दायर गरिएको छ।

उनीहरुले सडक निर्माणको गलत इष्टिमेट र सम्झौता बमोजिम ११६० मिटरको नयाँ ट्रयाक खोल्नुपर्ने  नखोली नयाँ ट्रयाक खोलेको भनी झुट्टा नापी किताब एवं कार्य सम्पन्न प्रतिवेदन बनाएका थिए। अन्नपूर्णबाट

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...