News Portal

प्रहरीले १० दिन समय माग गरेपनि अदालतले ५ दिन मात्रै दियो

हिमाली संचार संवाददाता
५५८ पटक

चितवन : अनुसन्धान नसकिएको भन्दै प्रहरीले मंगलबार म्याद थपका लागि अदालत लगेको थियो। आत्महत्या दुरुत्साहन आरोपमा गिरफ्तार भएका टिभी कार्यक्रम सञ्चालक रवि लामिछानेसहित ३ जना थप ५ दिन चितवन प्रहरीको हिरासतमा बस्ने भएका छन् ।

साउन २० गते नारायणगढको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका सञ्चारकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा उनीहरु बिहीबार राति काठमाडौंमा समातिएका थिए । यसअघि शुक्रबार प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिनका लागि अदालत समक्ष पेस गरेको थियो ।

त्यो दिन पनि पाँच दिनको म्याद पाएको थियो । जुन म्याद सोमबार सकिएको थियो । अनुसन्धान नसकिएको भन्दै प्रहरीले मंगलबार म्याद थपका लागि अदालत लगेको थियो ।

१० दिन म्याद थपको माग गरे पनि पाँच दिनमात्रै थप भएको अदालतका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...