News Portal

ओली सरकारले सातै प्रदेशका मुख्यमन्त्रीलाई कमजोर बनायो : विमलेन्द्र निधि

हिमाली संचार संवाददाता
४८० पटक

बुटवल – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले ओली सरकारले  प्रदेश सरकारका मुख्यमन्त्री र गृहमन्त्रीलाई कमजोर बनाएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लवले मंगलबार आज बुटवलमाआयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सो आरोप लगाएका हुन् । नेता निधिले संविधान र संघीय मर्मअनुसार सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा प्रदेश सरकार कमजोर भएको बताए । केन्द्र सरकारका कारण सातै प्रदेशका मुख्यमन्त्रीलाई निरिह बनाउने काम सरकारले गरेको उनको दाबी छ ।

सरकार संविधान र संघीय मर्मअनुसार चल्न नसक्दा लोकतन्त्र कमजोर बनेको बताउँदै उनले सरकार र सत्तापक्षीय दल नेकपाका कारण संविधान र संघीयता धरापमा परेको आरोप लगाए ।  पूर्व गृहमन्त्रीसमेत रहेका नेता निधिले सरकारले शान्ति सुरक्षा दिन नसकेको उल्लेख गर्दै हत्यारा, अपराधी, डकैती गर्नेहरुलाई पक्राउ गर्न नसक्नु सरकारको असफलता भएको बताए । उनले निर्मला हत्या प्रकरण रेकडेट इस्सु भएको समेत दाबी गरे ।

नेता निधिले काँगे्रसको नेतृत्वमा संविधान र संघीयता आएको दावी गर्दै पार्टी संविधान र संघीयताको पक्षमा रहेको बताए । राजनीतिक अधिकार र विकासका कामलाई जनतासम्म पुर्याउने गरी कांगे्रसले माथिदेखि तलसम्म प्रशिक्षण चलाएको बताए । सोही क्रममा सो पार्टीले प्रदेश ५ मा दुई दिने प्रशिक्षण चालएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...