News Portal

कम्युनिष्ट विना विकास र समृद्धि असम्भव : महेन्द्र बहादुर शाही

हिमाली संचार संवाददाता
७३१ पटक

कालिकोट, ३ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला ईन्चार्ज महेन्द्रवहादुर शाहीले समाजवादी व्यवस्था स्थापनाको वस्तुगत आवश्यकता पुरा गर्न २ ठुला कम्युनिष्ट पार्टी विच एकता भएको वताउनुभएको छ।

सोमवार सदरमुकाम मान्मामा भएको नेकपा कालिकोटको दोश्रो वैठकलाई सम्वोधन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका शाहीले केन्द्रमा पार्टी एकताका मुलभुत कार्य सकिएको वताउदै अव स्थानीय स्तरमा पार्टी एकता टुंग्याउन निर्देशन दिनुभएको छ।

उहाँले एकता प्रक्रियामा जिम्मेवारी विभाजनमा केही समस्या देखिएको भएपनि विशेष परिस्थितिमा विशेष निर्णय लिईएको वताउदै कुनै पनि असन्तुष्टि र गुटगत मानसिकता नराख्न आग्रह गर्नुभयो। नेता शाहीले सवैको क्षमता र भावनाको कदर गर्दै जिम्मेवारी व्यवस्थापन गरिने भन्दै एकता प्रक्रियामा लिईएका निर्णयका कारण पार्टी एकताको स्पिरिटलाई कमजोर वनाउने काम कोही पनि नेता कार्यकर्ताले गर्न नहुने वताउनुभयो ।

पार्टीको जिम्मेवारी लिने र कार्यक्षेत्रमा नजाने प्रवृत्तिले पार्टी नवन्ने भन्दै नेता शाहीले वडा तथा टोलसम्मै पार्टी एकता पुरा गर्न सिंगो जिल्ला कमीटी एकढिक्काका साथ जानुपर्ने वताउनुभयो। कम्युनिष्ट पार्टी विना जनताको विकास र समृद्धिको सपना साकार नहुने वताउदै शाहीले पार्टी निर्माणका लागि जनताले नरुचाएका कामहरु नगर्न निर्देशन गर्नुभयो।

पार्टीको उही नेता विद्यालयको अध्यक्ष, उही नेता उपभोक्ता समितिको अध्यक्ष उही नेताको डोजर हुने कुरा जनतालाई मन नपरेको वताउनुभयो। उहाँले नेता कार्यकर्ताहरुको कामका आधारमा दण्ड र पुरस्कारको विधि पार्टीमा लागु गर्ने वताउनुभयो।

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री समेत रहनुभएका शाहीले सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्न तथा जनता सम्म स्थापित गर्न निर्देशन गर्नुभयो। कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको सरकारले गर्न नसकेको काम अरु कोही आएर नगर्ने वताउदै शाहीले सरकार जनताको सपना साकार गर्न लागिपरेको वताउनुभयो।

यो पनि पढ्नुहोस।

कर्णालीका मुख्यमन्त्री शाहीले लिए बगरमै प्रहरीको सलामी ! 

सोमवार सम्पन्न नेकपा कालिकोटको वैठकले ९ वटै तहका अध्यक्ष र सचिवको जिम्मेवारी तोकेको छ । पुर्व माओवादी केन्द्रवाट ५ वटा स्थानीय तहका अध्यक्ष र पुर्व एमालेवाट ४ वटा स्थानीय तहको अध्यक्षको जिम्मेवारी दिने गरि स्थानीय तहको एकतालाई टुंग्याईएको जिल्ला सदस्य खेमवहादुर सिंहले जानकारी दिनुभयो।

उहाँका अनुसार तिलागुफा नगरपालिका, रास्कोट नगरपालिका, पलाता गाउँपालिका, पचालझरणा गाउँपालिका र सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष पुर्व माओवादीलाई दिईएको छ। त्यसैगरी खाँडाचक्र नगरपालिका, महावै गाउँपालिका, शुभकालिका गाउँपालिका र नरहरिनाथ गाउँपालिका पुर्व एमालेलाई दिईएको छ ।

नेकपा कालिकोटका स्थानीय तहका अध्यक्ष/सचिव
तिलागुफा नगरपालिका दिनेश चदारा/श्रीवहादुर शाही, रास्कोट नगरपालिका पोषण शाही/दयाराम सिंम्खडा, पलाँता गाउपालिका विष्णु ईन्द्र रोकाय/राजवहादुर बम, पचालझरणा गाउँपालिका पौरख वि.क./मर्मजंग बम, सान्नीत्रिवेणी गाउँपालिका महेश केसी/कृष्णकला पाण्डे, खाँडाचक्र नगरपालिका तुलाराज मल्ल/धनलाल अधिकारी, शुभकालिका गाउँपालिका खडानन्द चौलागाई/गोविन्द आचार्य, महावै गाउँपालिका खडकवहादुर सिंह/हर्कवहादुर शाही र
नरहरीनाथ गाउँपालिका ………. /कमल शाहलाई जिम्मेवारी दिइएको छ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीको सरकारी जग्गा विवादमा चलखेलको आशंका, इलाका प्रशासन कार्यालयकै उपयोगमा ल्याउन माग

मोरङको रङ्गेली–७ मा रहेको इलाका प्रशासन कार्यालय आसपासको सरकारी जग्गासम्बन्धी विषयमा विवाद र चलखेलको आशंका...

मोरङमा बर्डफ्लु नियन्त्रणका लागि प्रहरी–व्यवसायी अन्तरक्रिया, अवैध कुखुरा आयात रोक्न कडाइ गर्ने निर्णय

रबिन्द्र बराल, मोरङ –मोरङका विभिन्न स्थानमा बर्डफ्लु देखा पर्न थालेपछि यसको नियन्त्रणका लागि प्रहरी प्रशासन...

आज २०८२ साल चैत २६ गतेको राशिफल

आज चैत २६, २०८२ ( अप्रिल ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...