News Portal

त्रिभुवन विमानस्थलको भिआइपी कक्षमा हृदयन्द्रलाई प्रहरी अधिकारीले रोकेपछि..

हिमाली संचार संवाददाता
१००९ पटक

काठमाडौ, २ भदौ : पुर्व युवराज पारस विक्रम शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा छोरा हृदयन्द्रलाई प्रहरी अधिकारीले रोक्न पुगेपछि धकेलेको बुझिएको छ। भिभिअाईपि कक्षमा सुरक्षा दिईरहेका सब ईन्सपेक्टरले रोकेपछि पारसले हातले धकेलेका हुन।

थाइल्याण्डमा रहेका पुर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी पुर्वरानी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए।

आफ्ना छोरा र भान्जालाई ती प्रहरी ईन्सपेक्टरले विमानस्थलको भिआइपी कक्षमा रोक्न खोजेपछि पारसले धकेलेका हुन तर घटनाको बास्तबिकता नबुझी के निहु पाउ र उनको खिल्ली उडाउ भनेर बाटो पर्खेर बसेका केही समाचार माध्यमले भने पारसले नै प्रहरी माथि दुर्ववहार गरेको भनी आलोचना गरेका छ्न।

पुर्वरानी कोमलको साथमा आइतबार प्रेरणा राज्य लक्ष्मी सिंहको बिशेष थाईल्याण्ड भ्रमण थियो । सो क्रममा पुर्व युवराज पारस, छोरा हृदयन्द्र र पार्थव सिंहको उपस्थिति रहेको थियो।

विमानस्थलको भिभिअाईपि कक्षमा सुरक्षा दिईरहेका सब ईन्सपेक्टरले हृदयन्द्र र पार्थवलाई र‍ोकेपछि पारसले ती प्रहरीलाई हातले रोक्न पुगेका हुन।

पुर्वरानी कोमल शाहले अाफ्नो नातीहरूलाई ढोकामा कुरिरहेको अवस्थामा र स्वयम् पारस शाहले अाफ्नो छ‍ोराहरूलाई ढोकामा बसेर भित्र पठाई रहेका थिए।

निर्मल निवासबाट विमानस्थल पुगेका सुरक्षाकर्मीले भिभिअाईपि मुभमेण्ट सहज बनाउँदै सुरक्षा दिईरहेको अवस्थामा किन ती प्रहरी सईले अाफ्नो ज्युरिडिक्सन बिर्सेर हृदयन्द्रलाई रोक्न पुगेका थिए।

भिभिअाईपी सवारी बारे जानकारी गहन हिसावले नलिनु, भिभिअाईपि मुभमेण्टमा कोको संलग्न छ भन्ने जानकारी ती प्रहरीकै सई साहेबलाई नहुनु र सुरक्षा अधिकारीले नदिनुले गल्ती प्रहरीकै भएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...