News Portal

त्रिभुवन विमानस्थलको भिआइपी कक्षमा हृदयन्द्रलाई प्रहरी अधिकारीले रोकेपछि..

हिमाली संचार संवाददाता
१०२८ पटक

काठमाडौ, २ भदौ : पुर्व युवराज पारस विक्रम शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा छोरा हृदयन्द्रलाई प्रहरी अधिकारीले रोक्न पुगेपछि धकेलेको बुझिएको छ। भिभिअाईपि कक्षमा सुरक्षा दिईरहेका सब ईन्सपेक्टरले रोकेपछि पारसले हातले धकेलेका हुन।

थाइल्याण्डमा रहेका पुर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी पुर्वरानी कोमल शाहलाई बिदा गर्न पारस पनि विमानस्थल पुगेका थिए।

आफ्ना छोरा र भान्जालाई ती प्रहरी ईन्सपेक्टरले विमानस्थलको भिआइपी कक्षमा रोक्न खोजेपछि पारसले धकेलेका हुन तर घटनाको बास्तबिकता नबुझी के निहु पाउ र उनको खिल्ली उडाउ भनेर बाटो पर्खेर बसेका केही समाचार माध्यमले भने पारसले नै प्रहरी माथि दुर्ववहार गरेको भनी आलोचना गरेका छ्न।

पुर्वरानी कोमलको साथमा आइतबार प्रेरणा राज्य लक्ष्मी सिंहको बिशेष थाईल्याण्ड भ्रमण थियो । सो क्रममा पुर्व युवराज पारस, छोरा हृदयन्द्र र पार्थव सिंहको उपस्थिति रहेको थियो।

विमानस्थलको भिभिअाईपि कक्षमा सुरक्षा दिईरहेका सब ईन्सपेक्टरले हृदयन्द्र र पार्थवलाई र‍ोकेपछि पारसले ती प्रहरीलाई हातले रोक्न पुगेका हुन।

पुर्वरानी कोमल शाहले अाफ्नो नातीहरूलाई ढोकामा कुरिरहेको अवस्थामा र स्वयम् पारस शाहले अाफ्नो छ‍ोराहरूलाई ढोकामा बसेर भित्र पठाई रहेका थिए।

निर्मल निवासबाट विमानस्थल पुगेका सुरक्षाकर्मीले भिभिअाईपि मुभमेण्ट सहज बनाउँदै सुरक्षा दिईरहेको अवस्थामा किन ती प्रहरी सईले अाफ्नो ज्युरिडिक्सन बिर्सेर हृदयन्द्रलाई रोक्न पुगेका थिए।

भिभिअाईपी सवारी बारे जानकारी गहन हिसावले नलिनु, भिभिअाईपि मुभमेण्टमा कोको संलग्न छ भन्ने जानकारी ती प्रहरीकै सई साहेबलाई नहुनु र सुरक्षा अधिकारीले नदिनुले गल्ती प्रहरीकै भएको देखिन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ५ गतेको राशिफल

आज फागुन ५, २०८२ ( फेब्रुअरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...