News Portal

नेकपाले टुंग्यायो जनवर्गीय संगठनको जिम्मेवारी, क-कस्ले पाए जिम्मेवारी ?

हिमाली संचार संवाददाता
५१३ पटक

काठमाडौं, २ भदौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले जनवर्गीय संगठनको जिम्मेवारी टुंग्याएको छ। उपत्यका विशेष कमिटिको इन्चार्जमा लिलामणि पोखरेल, सहइन्चार्जमा भानुभक्त ढकाल, अरुण नेपाल अध्यक्षमा राजन भट्टराई र सचिवमा लेखनाथ न्यौपानेलाई जिम्मा दिएको छ।

उपत्यका विशेष कमिटी अन्तर्गतको युवा विद्यार्थी विशेष जिल्ला कमिटीको इन्चार्जमा माधव ढुंगोल, सहइन्चार्जमा कृष्ण केसी, अध्यक्षमा रमेश मल्ल र सचिवमा सुनिता बराल, मजदुर विशेष जिल्ला कमिटीको इन्चार्जमा बिना श्रेष्ठ, सहइन्चार्जमा कुमार पौडेल, अध्यक्षमा जगत सिम्खडा र सचिवमा नरनाथ लुइँटेल, पेशागत विशेष जिल्ला कमिटीको इन्चार्जमा केशव नेपाल, सहइन्चार्जमा प्रेमल खनाल अध्यक्षमा प्रेम पराजुली र सचिवमा कृष्ण केसीलाई दिइएको छ।

त्यस्तै उद्योगी व्यवसायी विशेष जिल्लाको इन्चार्जमा पार्वत गुरुङ, सहइन्चार्जमा शशी श्रेष्ठ, अध्यक्षमा नाम टुंगो लगाउन बाँकी र सचिवमा चन्द्र रिजाल, केन्द्रिय सम्पर्क समन्वय कमिटीको इन्चार्जमा छविलाल विश्वकर्मा, सहइन्चार्जमा डिलाराम आचार्य, विजय गुरुङ, झक्कु सुवेदी, अध्यक्षमा प्रह्लाद बुढाथोकी, सचिवमा नरेन्द्र श्रेष्ठले जिम्मेवारी पाएका छन्।

सम्र्पकको प्रदेश १ मा इन्चार्ज किशोर अधिकारी, सहइन्चार्जमा हेमकुमार राई, अध्यक्षमा इन्द्र भण्डारी र सचिवमा ध्रुव आङदाम्वे, प्रदेश २ को इन्चार्जमा अच्युत मैनाली, सहइन्चार्जमा भरत शाह, अध्यक्षमा सुनिता यादव र सचिवमा विष्णु यादव, प्रदेश ३ को इन्चार्जमा गणेश पहाडी, सहइन्चार्जमा युवराज दुलाल, अध्यक्षमा कमला दोङ र सचिवमा श्याम वस्नेत, गण्डकी प्रदेशको इन्चार्जमा दिलु पन्त, सहइन्चार्जमा चुडामणि खड्का, अध्यक्षमा तारा कुमार र सचिवमा विष्णु सिग्देल, प्रदेश ५ को इन्चार्जमा मानबहादुर बुढा, सहइन्चार्जमा गौराप्रसाद कोइराला, अध्यक्षमा थानेश्वर वस्याल र सचिवमा सुनिता रोकाया, कर्णाली प्रदेशको इन्चार्जमा झकबहादुर मल्ल, सहइनचार्जमा गोविन्दबहादुर साह, अध्यक्षमा पूर्णबहादुर मल्ल र सचिवमा चित्रबहादुर घर्तीमगरले जिम्मा पाएका छन्।

त्यस्तै सुदूरपश्चिम सम्पर्क कमिटीको इन्चार्जमा गौरीशंकर चौधरी, सहइन्चार्जमा महेश्वर पाठक, अध्यक्षमा शिव ठकुल्ला र सचिवमा हेमन्त जोशी चयन भएका छन्।

नेकपाले पार्टीका २२ जनवर्गीय संगठनको इन्चार्ज सहइन्चार्ज पनि टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रबक्ता श्रेष्ठका अनुसार, मजदुरमा इन्चार्ज जयपुरी घर्ती सहइन्चार्जमा विनोद श्रेष्ठ, किसान महासंघमा इन्चार्ज वामदेव गौतम र सहइन्चार्जमा सुनिल मानन्धर, महिला इन्चार्जमा गोमा देवकोटा र सहइन्चार्जमा कमला रोका, युवामा इन्चार्जमा महेश बस्नेत र सहइन्चार्ज र अध्यक्षमा रामप्रसाद सापकोटा, विद्यार्थी इन्चार्जमा हितमान शाक्य र सहइन्चार्जमा विनोद ढकाल, बुद्दिजीवी इन्चार्जमा अग्नि सापकोटा र सहइन्चार्जमा टंक कार्की, पेशागत महासंघको इन्चार्जमा पम्फा भुषाल र सहइन्चार्जमा विश्वनाथ प्याकुरेलले जिम्मा पाएका छन्।

नेता वामदेव गौतमले संयोजक पाएको किसान महासंघको संयोजक परिवर्तनको निर्णय पनि नेकपाले गरेको छ। किसानमा हरि पराजुलीले संयोजकको जिम्मा पाएको प्रवक्ता श्रेष्ठले बताएको अन्नपूर्णले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपाले नागरिक करारपत्र सार्वजनिक गर्यो : दलीयकरण अन्त्य र सम्पत्ति छानबिनमा जोड

काठमाडौं, ३ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनको तयारीका क्रममा नागरिक करारपत्र...

उज्यालो नेपालको चुनावी घोषणापत्र : मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं, ३ फागुन – उज्यालो नेपाल पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्नो चुनावी घोषणापत्र...

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...