News Portal

कांग्रेस सभापति देउवाले पठाए रविलाई यस्तो संदेश

हिमाली संचार संवाददाता
१११६ पटक

काठमाडौं, २ भदौ : न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन्। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका पत्रकार लामिछानेको पक्ष र विपक्षमा जनता उर्लिरहेका छन्।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग भन्दै नेता दिलेन्द्र प्रसाद बडुलाई भेट्न पठाएका छन्। स्रोतकाअनुसार सभापति देउवाले लामिछानेको नाममा पत्र नै पठाएका थिए।

रिपोर्टर्सनेपालका अनुसार देउवाले पठाएको पत्र नेता बडुले पत्रकार लामिछानेलाई प्रेषित गरेका थिए। पत्रमा लामिछानेलाई सहयोग गर्ने वचनबद्धता रहेको बुझिएको छ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई नेता बडुले शनिबार भेट गरेका थिए।

लामिछानेलाई भेट गरेर निस्किएका नेता बडुले पूर्वाग्रह नराखी घटनाको छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताएका थिए। यस्तै, भेटमा लामिछानेले निष्पक्ष छानबिनमा सहयोग गर्न आफू तयार रहेको बताएको पनि नेता बडुले उल्लेख गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...