News Portal

सरकारी कार्यालयमा प्रशासनको छड्के : ३८ अनुपस्थित, २१ कर्मचारी बिना पोसाक

हिमाली संचार संवाददाता
७७७ पटक

सुर्खेत, १ भदौ : जिल्ला प्रशासन कार्यालय सुर्खेतले आइतबार वीरेन्द्रनगरस्थित संघीय तथा प्रदेश मातहतका सरकारी कार्यालयको अनुगमन गरेको छ।

प्रशासनले १२ वटा संघीय सरकार मातहतका कार्यालयहरुको अनुगमनका क्रममा अधिकृतस्तरका तीन, सहायकस्तरका १६ र पोशाक विनाका १६ जना कर्मचारी अनुपस्थित भेटिए।

प्रशासन कार्यालयका अनुसार संघीय खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजनामा कार्यालयमा कुनै पनि कर्मचारी थिएनन्। यहाँका सबै कर्मचारी हाजिर लगाएर बाहिर गएको पाइएको प्रशासन कार्यालयले जनाएको छ ।

‘कार्यालय प्रमुख हाजिर लगाएर काठमाडौं गएको देखियो’ प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भने, ‘अन्य कर्मचारीहरु पनि हाजिर लगाएर कार्यालय छोडेर हिंडेको पाइयो।

यस्तै प्रदेशस्तरका कार्यालयको पनि प्रशासन कार्यालय अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकृतस्तरका १८, सहायकस्तरका ३० जना कर्मचारी कार्यालयमा अनुपस्थित भएको पाइयो। यस्तै २१ जना कर्मचारी पोशाक नलगाएर कार्यालयमा आएको पाइएको प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालय र भू तथा जलाधार कार्यालयमा प्रमुखहरु अनुपस्थित थिए। अनुगनका क्रममा फेला परेका तथ्यसहित कारवाहीका लागि माथिल्लो निकायमा सिफारिस गछौं’ प्रजिअ पोखरेलले भने, ‘सरकारी कार्यालयको अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिन्छौं।

प्रतिकृया दिनुहोस्

रंगेली अस्पतालले ८९ अंक प्राप्त गर्दै देशकै नमूना अस्पताल बन्न सफल

रंगेली, मोरङ – मोरङको रंगेली अस्पताल देशभरका स्थानीय तहद्वारा सञ्चालनमा रहेका अस्पतालहरूमध्ये उत्कृष्ट तथा नमूना...

आज २०८२ साल माघ ४ गतेको राशिफल

आज माघ ४, २०८२ (जनवरी १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...