News Portal

सरकारी कार्यालयमा प्रशासनको छड्के : ३८ अनुपस्थित, २१ कर्मचारी बिना पोसाक

हिमाली संचार संवाददाता
८१६ पटक

सुर्खेत, १ भदौ : जिल्ला प्रशासन कार्यालय सुर्खेतले आइतबार वीरेन्द्रनगरस्थित संघीय तथा प्रदेश मातहतका सरकारी कार्यालयको अनुगमन गरेको छ।

प्रशासनले १२ वटा संघीय सरकार मातहतका कार्यालयहरुको अनुगमनका क्रममा अधिकृतस्तरका तीन, सहायकस्तरका १६ र पोशाक विनाका १६ जना कर्मचारी अनुपस्थित भेटिए।

प्रशासन कार्यालयका अनुसार संघीय खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजनामा कार्यालयमा कुनै पनि कर्मचारी थिएनन्। यहाँका सबै कर्मचारी हाजिर लगाएर बाहिर गएको पाइएको प्रशासन कार्यालयले जनाएको छ ।

‘कार्यालय प्रमुख हाजिर लगाएर काठमाडौं गएको देखियो’ प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भने, ‘अन्य कर्मचारीहरु पनि हाजिर लगाएर कार्यालय छोडेर हिंडेको पाइयो।

यस्तै प्रदेशस्तरका कार्यालयको पनि प्रशासन कार्यालय अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकृतस्तरका १८, सहायकस्तरका ३० जना कर्मचारी कार्यालयमा अनुपस्थित भएको पाइयो। यस्तै २१ जना कर्मचारी पोशाक नलगाएर कार्यालयमा आएको पाइएको प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालय र भू तथा जलाधार कार्यालयमा प्रमुखहरु अनुपस्थित थिए। अनुगनका क्रममा फेला परेका तथ्यसहित कारवाहीका लागि माथिल्लो निकायमा सिफारिस गछौं’ प्रजिअ पोखरेलले भने, ‘सरकारी कार्यालयको अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिन्छौं।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...