News Portal

मोरङको रंगेली बजारमा सिसि क्यामेरा जडान

हिमाली संचार संवाददाता
८५५ पटक

रबिन्द्र बराल
माेरङ, १ भदौ : रंगेली नगरपालिकाले नगरका मुख्य ब्यस्त बजारमा अपराध नियन्त्रण, दुर्धटना, चाेरी लगायतका गतिविधि नियन्त्रण गर्ने उदेश्यले लागी रंगेलीमा सिसि क्यामेरा जडान गरिएको हाे। नगरपालिकाले रंगेली बिराटनगर सडक खण्ड अन्तर्गत रंगेली प्रवेश गर्ने मुख्य ठाउँ र मुख्य बजारका ६ स्थानमा सिसि क्यामेरा जडान गरेको छ ।

नगरपालिकाले करिव १७ लाखको लागतमा सिसि क्यामरा जडान गरेको हाे। रंगेलीकाे मुख्य बजार पर्वमा तित्री टाेल जाने बाटाे, बसपार्क, छोटी भन्सार, भोटुबाबु चौक र नगरपालिका अगाडी सिसि क्यामेरा जडान गरेको छ।

मुख्य बजारमा कुनै पनि घटना नियन्त्रण गर्ने र प्रहरीलाई अपराध अनुसन्धानका लागी थप सहयोग हुने भएता पनि सिसि क्यामराकाे मुनिटर नगरपालिकामा राखिएको हुनाले सार्वजनिक बिदाका दिन कुनै पनि घटना वा दुर्घटना भएको खण्डमा प्रहरीलाई अपराधी पक्राउ गर्ने ढिलो हुने र अपराधी उम्केर भाग्न सक्ने र भएको हुनाले माेनिटर प्रहरीलाई नै जिम्मेवारी दिनुपर्ने स्थानीय उमालाल राजवंशीले बताए।

स्थानीय कमलेश मंन्डलका अनुसार रंगेलीमा सिसि क्यामरा जडान गरिएकोमा नगरपालिकालाई धन्यवाद दिदै उनलेे भने सिसि क्यामराकाे माेनिटर ईलाका प्रहरी कार्यलय रंगेलीलाई नै जिम्मेवारी दिएमा प्रहरीलाई अनुसन्धान र शान्ति सुरक्षा गर्ने सहज हुने समेत बताए। मुख्य बजार क्षेत्रमा जडान गरिएको सिसि क्यामेराको नियन्त्रण नगरपालिकाका मेयर दिलिप बगडिया र कार्यकारी टाेम प्रसाद सुवेदीकाे कक्षमा राखिएको छ।

यता ईलाका प्रहरी रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालका अनुसार सिसि क्यामराकाे माेनिटर प्रहरीकाे नियन्त्रणमा राख्न आफुले नगरपालिकालाई जानकारी गराएकाे र प्रहरीलाई नै जिम्मेवारी दिने आश्वासन पाएकाे दाहालले बताए। रंगेली नगरपालिकाले बजार क्षेत्रमा जडान गरेको सिसि क्यामेराकाे क्षमता ३६० डिग्रीमा घुम्ने रहेको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...