News Portal

नेकपा ५ का सचेतक ढकालको निवासमा बम विस्फोट

हिमाली संचार संवाददाता
४२३ पटक

बुटवल, ३१ साउन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ५ का सचेतक भूमेश्वर ढकालको निवासमा बम विस्फोट भएको छ। ढकालको सैनामैना नगरपालिका–७ स्थित निवासमा गएराति ३ वटा बम विस्फोट गराइएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी भीमलाल भट्टराईले ढकालको निवासमा गएराति बम विस्फोट भएको पुष्टि गरे। बम ढकाल उनका बाबुआमा सुत्ने कोठा र उनले प्रयोग गर्दै आएको लु १ ज ४५६ नम्बरको कारलाई लक्षित गरेर गराइएको प्रहरीले जनाएको छ ।

विस्फोटबाट कारको पछाडिको भागमा सामान्य क्षति पुगे पनि कोठामा भने क्षति भएको छैन। प्रहार गरिएको बम विस्फोट नभएकाले कोठामा क्षति नभएको बताइएको छ। विस्फोटको समयमा ढकालका बाबाआमा र पत्नी घरमा सुतिरहेका थिए। सचेतक ढकाल भने घरमा थिएनन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी केही समयदेखि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रमुख सचेतक ढकाल प्रदेशसभाको गाडी खरिद अनियमितता प्रकरणमा मुछिएका पात्र हुन्। बाइक चढेर आएका ३ जना बम हानेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् । यद्यपि, उनीहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ । डीएसपी भट्टराईलेले घटनाबारे थप अनुसन्धान भइरहेको अनलाइनखबरलाई बताए ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...