News Portal

भर्खरै मात्र श्रीमान गुमाएकी निर्मलालाई पिडा माथी पीडा !

हिमाली संचार संवाददाता
७५३ पटक

उर्लाबारी, ३० साउन : आखाँको ज्योति गुमाएकी आफ्नी ८ वर्षीया छोरीले न्याय नपाएको भन्दै मोरङको उर्लाबारी–१ की निर्मला ऋषिदेव यतिबेला कहिले वडा कार्यालय त कहिले नगरपालिका धाइरहनु भएको छ ।

गत वर्षको असार १६ गते छिमेकी १३ वर्षीय सन्दीप माझीले गेटिस हान्दा निर्मलाकी ८ वर्षीया छोरी सरिनाको देव्रे आँखाको ज्योति गुमेको थियो। छोरीको आँखाको ज्योति गुमेपछि उहाँलाई स्थानीयले कतै उजुर वाजुर नगर्नु न्याय दिलाउँला भनेर फकाए।

श्रीमानको मृत्यु भएको १३ दिनपछि छोरीको आँखाको ज्योति गुमेपछि निर्मला झनै पीडामा पर्नुभयो। सुकुम्वासी बस्तीमा टाउको मात्र लुकाउने घरमा बस्दै आउनु भएकी निर्मलाले चिनेजानेकासँग हारगुहार गर्नुभयो तर, कसैले उहाँका कुरा सुनेनन्। त्यसपछि वडाध्यक्ष मछिन्द्र बहादुर कार्कीसँग गुहार माग्न जानु भएकी निर्मलालाई वडाध्यक्षले छोरीको उपचार गराइदिने सहमति गराइदिनुभयो।

अहिले सरिनाको देव्रे आँखामा ज्योति छैन। क्षति पुर्तिका लागि प्रहरीमा निवेदन दिन्छु भन्दा वडाध्यक्षले नै उजुर वाजुर नगर्नु भनेको निर्मलाको भनाई छ । उहाँले भन्नुभयो–घरमा आएर कतै उजुर नगर्नु भन्नुभयो। पछिल्लो समय वडाध्यक्षले न्याय दिलाइदिनु भन्दा पन्छिने गरेको र पिडकलाई साथ दिएको उहाको भनाइ छ। क्षतिपूर्ति दिलाइदिनु भन्दा वडाअध्यक्षले आफ्नो कुर्शिको मोल भन्दा ठूलो कुरो गरिस भनेर झपारेको उहाको दुखेको छ।

तर, वडाध्यक्ष मछिन्द्र बहादुर कार्कीले आँखाको उपचार गर्न सम्पूर्ण पहल आफैले गरेको बताउनु भयो। उहाँले भन्नुभयो –‘मैले पीडितलाई न्याय दिलाउन आफै पहल गरेको छु। पटकपटक छलफल राखेको छु। तर, छफफलमा कुरा मिलेको छैन्। वडाध्यक्ष कार्कीले बालिकाको आँखाको ज्योति गुमेकोले उनलाई क्षतिपुर्ति दिनुपर्ने बताउनु भयो।

प्रतिकृया दिनुहोस्

इटहरी एनआईसी एसिया बैंकमा ऋणीले गरे आत्मदाह प्रयास, समयमै रोकियो

विराटनगर, २१ पुष – सुनसरीको इटहरीस्थित एनआईसी एसिया बैंक शाखामा लालबहादुर पौडेलले आत्मदाह प्रयास गरेका...

मन्त्रिपरिषद् बैठकले सार्वजनिक गरे ८ निर्णय

काठमाडौं, २१ पुष – सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आठ महत्वपूर्ण निर्णय गरेको छ। बैठकपछि...

राष्ट्रिय सभा निर्वाचनमा रणनीतिक तालमेल अपरिहार्य : सिटौला

काठमाडौं, पुष २१ – नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले...

सद्भाव बचतद्वारा राहत वितरण, समाचारको प्रभाव

रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको सुनवर्षी नगरपालिका वडा नं. ८ स्थित बुधबारी चोक नजिक...

चण्डिका डिस्टिलरीद्वारा निःशुल्क आँखा शिविर सञ्चालन

रबिन्द्र बराल/ मोरङ, पुष २१ – मोरङको रङ्गेली नगरपालिका वडा नम्बर ८ स्थित चण्डिका डिस्टिलरीमा...