News Portal

  • आज जनैपुर्णिामा : २०७६ साल साउन ३० गते बिहीबार, सन २०१९ अगस्ट १५ तारीख

    हिमाली संचार संवाददाता
    ५४१ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – Aries

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट भने अलि सजग रहनुपर्ला।

    बृष – Taurus

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    विभिन्न अवसर प्राप्त हुनेछन् । तर हल्लाको पछि लाग्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा खट्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्न सक्छ। ईर्ष्या गर्नेहरूबाट भने जोगिएर काम लिनुहोला। व्यावसायिक काममा मेहनतको फल प्राप्त हुनेछ। सेवामूलक कामबाट पनि प्रतिष्ठा पाइनेछ।

    मिथुन – Gemini

    का, कि, कु, घ, ङ, छ, के, को, ह
    बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। समयमा गम्भीर नबन्दा दु:ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। गोपनीयता बाहिरिनाले आँटेको काम रोकिन सक्छ। बाध्यात्मक परिस्थितिले सताउने देखिन्छ। वादविवाद र चोटपटकको योग रहेकाले सजग रहनुहोला।

    कर्कट – Cancer

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्न सक्छ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन उदास रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग जोगिएर काम लिनुपर्ला। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। अतिथिका रूपमा सत्कार प्राप्त भए पनि उद्देश्य पूरा नहुन सक्छ।

    सिंह – Leo

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्ने समय छ। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्।

    कन्या – Virgo

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    गोप्यता बाहिरिनाले केही समस्या आउन सक्छ। अस्वस्थताले काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षा गरिएको विषयमा सोचेको परिणाम प्राप्त नहुन सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। फाइदा लिन समय प्रतीक्षा गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बनाउन सकिनेछ। योजना कार्यान्वयनमा ल्याउन समस्या देखिए पनि लगनशीलताले परिस्थितिमा सुधार आउनेछ।

    तुला – Libra

    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। पुरानो शैलीले पनि काममा पछि परिनेछ। पारिवारिक असमझदारीले अप्ठ्यारो पर्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ।

    बृश्चिक – Scorpio

    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। परिस्थितिले साथ दिए पनि ईर्ष्या गर्नेहरूले सताउलान्। मान्यजन तथा अग्रजहरूसँग असमझदारी बढ्न सक्छ। तापनि छोटो समयमा राम्रै उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

    धनु – Sagittarius

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बोलीको प्रभावले काममा फाइदा दिलाउनेछ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ।

    मकर – Capricorn

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।

    कुम्भ – Aquarius

    गु, गे, गो, सा, सि, सु, से, सो, द
    आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। धेरै मिहिनेत परे पनि थोरैमात्र फल प्राप्त हुनेछ। फाइदा नगण्य उठे पनि स्वाभिमान जोगाउन सफल भइनेछ। केही रकम हातलागी भए पनि ऋणभार बढ्ने देखिन्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। फाइदाका पछि लाग्दा आफन्त टाढिन सक्छन्।

    मीन – Pisces

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    सुखद् समाचारले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने आँटले काम लिँदा मनग्य फाइदा उठाउन सकिनेछ। अध्ययनमा प्रगति हुनुका साथै नजानेको सीपसमेत हासिल हुने योग छ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

    जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद...

    मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

    चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको...

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका...

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज...

    सिद्धान्त हराएको राजनिति – कमला थापा

    २०८२ साउन ४ गते। पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी सक्रिय राजनितिमा फर्किने र एमालेको पार्टि अध्यक्ष हुने...